दिनहुँ हजारौंको संख्यामा वैदेशिक रोजगारी अहिले थुप्रै नेपालीहरु जाने गरेका छन । वैदेशिक रोजगारिमा गएका उनिहरु त्यतिकै मात्रमा ठगी हुने गरेको खबर पनि आइरहन्छन । यस्तै घटना अहिले कैलालीका चन्द्रबहादुर बोहोरा सहित अन्य १२ जना नेपालिको दुबैम भएको छ ।

उनिहरु नेपालबाट गएदेखी भोकै बसिरहेको बताएका छन । उनिहरु केही समय अघि भिजिट भिसामा दुबै पुगेका थिए । अहिले उनिहरुलाई एउटै कोठामा १२ जना कोचिएर राखेको बताएका छन ।

कैलाली गौरिगंगा १ कि भागवती बोहोरा अहिले दुई महिनाको सुत्केरी छिन । उनी अहिले आफ्ना श्रीमान चन्द्रबहादुर बोहोरा दुबैमा भोकै बसेको भन्दै उद्दारका लागि सहयोग गरिदिन भन्दै मिडियामा आएकी हुन ।

केही समय अघि दुबै पुगेका उनका श्रीमान सहित भाई, भिनाजु गरि जम्मा १२ जनाको अहिले एउटै अवस्था भएको बताईन । करिब ३ लाख रुपैयाँ खर्च गरि उनिहरु भिजिट भिसामा दुबै गएको उनले बताईन । दुबै पठाउँदा मेनपावरले गएको दुई वर्षसम्म आफुहरुको ग्यारेन्टी लिने बताएको उनले खुलाईन ।

बेकरिमा काम लगाइदिने भन्दै मासिक १२ सय रियल तलबमा सम्झौता गरि आफुहरु दुबै आएको उनिहरुले बताएका छन । तर दुबै आए पछि भने आफुहरुलाई भनेको काममा पनि नलगाएको र कहिले २/४ घण्टा अरुनै काममा लैजाने र एउटा रोटि र पानी दिएर एउटै कोठामा १२ जनालाई राखिएको दुबैबाट उनिहरुले जानकारी दिएका छन । आफुहरु नेपाल फर्किन चाहेको पनि उनिहरुले बताएका छन । अहिले आफुले वैदेशिक रोजगार बिभागमा उजुरी गरेको भागवती बोहोराले बताएकी छिन ।

उनिहरुलाई पठाउने मेनपावरमा बुझ्दा पनि उनिहरुसगँ पैसा लिएका एजेन्ट त्यहा नभेटिने र त्यहाका कर्मचारीले पनि आफुहरु नचिन्ने भन्दै लुकाउन खोज्ने गरेको भागवतिले बताएकी छिन । आफुहरुको माग उनिहरुलाई फिर्ता गराएर खर्च भएको पैसा फिर्ता दिनु पर्ने भएको उनले बताएकी छिन ।

यहाँबाट दुई वर्ष सम्म मेनपावर नै ग्यारेन्टि भएर काम लगाइदिने भन्ने तर उता पुगेपछी त्यसै अलपत्र छोडेको उनले बताएकी छिन । सम्झौता अनुसारको केही नभए पछि आफ्नो सम्पुर्ण पैसा फिर्ता हुनु पर्ने उनिहरुको माग छ ।

अहिले उनिहरुलाई सहयोग गर्दै आएको वैदेशिक रोजगारिमा गएर ठगिएकाहरुको लागि काम गर्ने एक संस्थाका संचालकले भने कुनै पनि श्रम स्वीकृत भएको देशमा मेनपावरले भिजिट भिसामा पठाउन नपाउने बताएका छन ।

आफुहरुले अहिलेसम्म थुप्रैको उद्दार गरेको र उहाहरुको लागि पनि पहल भै रहेको बताए । ठगिएकाको उद्दार भन्दा पनि ठगिननै नदिने कामको बारेमा भने वैदेशिक रोजगारीमा जाने ब्याक्तिहरुले नै ध्यान नदिने गरेको उनले बताए । आफुहरुले बिमानस्थलमा गएर पर्चा उनिहरुलाई दिएर अध्ययन गर्न लाउदा पनि त्यो बेला बेवास्था गर्ने गरेकोले पछि यस्तो समस्या आउने उनले बताए । (भिडियो हेर्नुस)


लाइभ65टुडे बाट