बुधबार ०५ माघ २०७८

पाल पत्रकार महासँघ दोलखा शाखाका कार्यसमिति सदस्य एवम् पत्रकार रविन्द्र गौतमको को’रो’ना भा’ई’रस सं’क्र’मणका कारण उपचारको क्रममा मृ’त्यु भएको छ । पत्रकार गौतमका राजधानीको एभरेष्ट अस्पतालमा उपचारका क्रममा आज मृ’त्यु भएको हो ।

को’रा’ना सं’क्र’मणका कारण स्वास्थ्यमा ग’म्भिर स’म’स्या आएपछि काठमाण्डौं लगिएकोमा आज उपचारका क्रममा उनको मृ’त्यु भएको हो । पत्रकार गौतमलाई एक्कासी स्वास्थ्यमा स’मस्या आएपछि हेलिकोप्टर मार्फत थप उपचारका लागि जेठ ९ गते काठमाण्डौं लगिएको थियो ।

फोक्सोमा सं’क्र’मण भईसकेका कारण आईसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएपछि चरिकोट अस्पतालले उनलाई तत्कालै काठमाण्डौं रिफर गरेको थियो । ३८ बर्षको अल्पायुमै निधन भएका पत्रकार गौतमका श्रीमती तथा ९ बर्ष र ६ महिनाका दुई नावालक छोरी छन् ।

पत्रकार गौतमकी श्रीमती पनि को’रो’ना सं’क्र’मित भएर आईसोलेसनमा बसेर उपचार गराईरहेकी छिन् । स्वर्गीय पत्रकार गौतम दोलखावाट प्रसारण हुने रेडियो भीमेस्वरको स्टेशन मेनेजर र अन्नपूर्ण पोष्ट दैनिकका दोलखा संवाददाता हुन् ।


Last Updated on: May 30th, 2021 at 7:08 pm
५६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया