सोमबार १० माघ २०७८

स्विट्जरल्यान्डका १९ वर्षीय मोटो ३ राईडर जासोन डुपासक्वेरको नि’ध’न भएको छ ।

शनिबार इटालियन ग्रान्ड प्रिक्सको छनोट सेशनका दौरानमा उनको बाइक दु’र्घ’ट’नामा परेको थियो । त्यसपछि उनी ग’म्भी’र घा’इ’ते भएका थिए । स्वा’स्थ्यकर्मीहरुको अथक प्रयासका बाबजुद डुपासक्वेरलाई ब’चा’उन नसकिएको मोटो

जिपीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डुपासक्वेरको टिम प्रुस्टेल जिपिले फेसबुकमा लेखेको छ, ‘हामी स्त’ब्ध छौं र यस समय हामी जासोनको परिवारका विषयमा सोचिरहेका छौं । तपाईलाई अवश्यक मिस गनेर्छौं र कहिल्यै बिर्सनेछैनौं, जासोन ।’डुपासक्वेर मोटो ३ वल्र्ड च्याम्पियनसिपमा आफ्नो दोस्रो सिजन खेलिरहेका थिए ।

२७ अंकसहित उनी १२ औं वरियतामा थिए । डुपासक्वेरले सुपरमोटोबाट आफ्नो करियर सुरु गरेका थिए, जहाँ उनी धेरैपटक स्विस राष्ट्रिय च्याम्पियन बने । २०१६ मा उनले एनईसी च्याम्पियनसिप मोटो ३ उपाधि जितेका थिए । रातोपाटि


Last Updated on: May 31st, 2021 at 6:00 am
३८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया