बुधबार ०५ माघ २०७८

पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दु’र्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घा’इते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको

एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झ’रेर दु’र्घटना भएको हो ।दु’र्घटनामा घा’इते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा

चिकित्सकले मृ’त घो’षित गरेका थिए ।दु’र्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घा’इते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।टाउको, हात तथा छातीमा चो’ट लागेका घा’इतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । मृ’तक तथा घा’इतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए ।

दु’र्घटनापछि प्रहरीले उक्त ए’म्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।सिधाकुरा


Last Updated on: May 31st, 2021 at 11:00 am
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया