बुधबार ०५ माघ २०७८

काठमाडौं : वन मन्त्री प्रेमबहादुर आलेले आफ्ना विज्ञ सल्लाहकार यमबहादुर बमकी पत्नी सीता शाहीलाई महत्वपूर्ण राजनीतिक नियुक्ति दिएका छन्।

मन्त्री आलेले शाहीलाई मन्त्रालय अन्तर्गतको राष्ट्रिय ताल विकास समितिको कार्यकारी निर्दे शक नियुक्त गरेका हुन्। समितिमा अध्यक्ष सहित ३ सदस्य रहने प्रावधान छ। समितिमा कार्यकारी निर्देशक पद सर्वेसर्वा मानिन्छ।विषय विज्ञलाई नियुक्त गर्नुपर्ने ठाउँमा मन्त्री आलेले ठाडो

आदेशमा एमाले कार्यकर्तालाई नियुक्त गरेको भन्दै आलोचना सुरु भएको छ। मन्त्री नियुक्त भएलगत्तै आलेले कैलालीका बमलाई विज्ञ सल्लाहकार नियुक्त गरेका थिए। मन्त्री नियुक्त भएलगत्तै आलेले कैलाली का बमलाई विज्ञ सल्लाहकार नियुक्त गरेका थिए । त्यसअघि बम राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) सञ्चालक समिति सदस्य थिए ।अहिले पनि उनले एनटीएनसीकै सवारी साधन प्रयोग गरिरहेका छन् ।

विगतमा खप्तड पर्यटन विकास समितिमा समेत नियुक्ति पाएका बम त्यतिबेला विवादमा तानिएका थिए। विगतमा पर्यटन मन्त्रालयमातहत रहेको राष्ट्रिय ताल विकास समितिलाई केही समय अघि वन मन्त्रालय अन्तर्गत ल्याइएको थियो । आलेले समितिको अध्यक्षमा सिन्धुपाल्चोकका ध्रुब शाहीलाई नियुक्त गरेका छन् । अध्यक्ष पद भने अवैतनिक हो । वन मन्त्रालयका प्रवक्ता बुद्धि सागर पौडेलले समितिमा बाँकी सदस्य भने नि’युक्त गर्न बाँकी रहेको बताए ।

यस्तै, मन्त्री आलेले काठमाडौंकी दीपा दाहाललाई वन पैदावार विकास समितिको कार्यकारी अध्यक्ष बनाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।


Last Updated on: May 31st, 2021 at 11:13 am
३८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया