बुधबार ०५ माघ २०७८

चीन सरकारले अनुदानमा दिने दस लाख डोज को’रो’नाभा’इ’रस वि’रू’द्धको खोपमध्ये २ लाख तिब्बत स्वशासित क्षेत्रको सरकारले दिने भएको छ।

उक्त खोप युनान प्रान्तको राजधानि कुनमिङबाट हिमालय एयरलाइन्सले नि:शुल्क नेपाल ल्याइदिने भएको छ।हिमालयले कुनमिङमा गर्ने कार्गो उडानका क्रममा २ लाख डोज खोप ल्याउने छ। चार उडानबाट कूल ४१७ वटा बक्स खोप काठमाडौं ल्याइने हिमालयले जानकारी दिएको छ।एउटा उडानमा हिमालयले १०५ बक्स ल्याउने भएको छ।

पहिलो उडान मंगलबार बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गरेको थियो। यसमा पहिलो लट आएको हिमालयले जानकारी दिएको छ। यो नि:शुल्क ढुवानीबाट सरकारलाई २ करोड रुपैयाँ सहयोग पुगेको हिमालय एयरलाइन्सले जानकारी दिएको छ।

बाँकी ८ लाख डोज खोप नेपाल एयरलाइन्सले बेइजिङबाट आजै खोप ल्याउने छ। थपन्युज,एमाले नेता एंव अर्थशास्त्री थापाको को’रो’ना सं’क्र’म’णबाट निधन।

नेकपा (एमाले) का नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको को’रो’ना सं’क्र’म’णका कारण नि’धन भएको छ।डाक्टर थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृ’दयरो’ग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान साढे ६ बजे समयमा नि’धन भएको हो। को’रो’ना सं’क्र’म’ण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो।

थापा एमालेको अर्थ तथा योजना विभाग सचिव थिए। राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए।

थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रूपमा समेत काम गरेका थिए। थापा पछिल्लो समय थापा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक कार्यमा आवद्ध थिए। कास्कीका स्थायी बासिन्दा उनी अहिले बसुन्धरामा बस्दै आएका थिए। थापाका श्रीमती, एक छोरा र एक छोरी छन। सेतोपाटि


Last Updated on: June 1st, 2021 at 11:50 am
४७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया