बुधबार १२ माघ २०७८

काठमाडौं : को’रोना महामारीबीच सरकारले सार्वजनिक गरेको बजेटमा सवारीसाधन खरिदमा दोब्बर बजेट विनियोजन गरेको छ ।चालू आर्थिक वर्षको बजेटमा

सवारीसाधन खरिदमा ८८ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि एक अर्ब ७६ करोड २८ लाख रुपैयाँ विनियोजन भएको हो ।संसद् विकास कोषको बजेट का’टेर प्रशंसा कमाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी तथा पदाधिकारीको भत्ता, भ्रमण, गोष्ठी, इन्धन, फर्निचरलगायत

अनावश्यक चालू खर्च पनि दो’ब्बरसम्मले बढाएका छन् ।चालू आवमै पनि विनियोजित बजेटको तुलनामा सरकारले दुई करोड २३ लाख रुपैयाँले बढी अर्थात् ९० करोड ६३ लाख रुपैयाँको सवारीसाधन खरिद गरिसकेको छ ।सरकारले सवारीसाधनको मर्मत र इन्धन खर्चको बजेटसमेत अघिल्लो वर्षको भन्दा १० करोड ६६ लाख रुपैयाँले बढाएको छ ।

चालू आवमा सवारी मर्मत र इन्धनका लागि चार अर्ब ७७ करोड १२ लाख रुपैयाँ खर्च हुने देखिन्छ ।आगामी आवमा सरकारले सवारी मर्मत र इन्धनमा चालू आवको वास्तविक खर्चभन्दा ६० करोड ६८ लाख रुपैयाँ बढी बजेट विनियोजन गरेको हो ।को-भि’ड महामारीको व्यवस्थापन र घोषणा गरिएका निर्वाचनका लागि सरकारलाई नियमितभन्दा अ’तिरिक्त स्रोतको

जोहो गर्नुपर्ने बा’ध्यता छ ।तर, को-भि’डको जो’खिम र यसको रोकथामका लागि चालिएका क’दमले आर्थिक गतिविधि रो’किँदा राजस्व संकलन प्रभावित भएको छ ।जसले गर्दा सरकारलाई स्रोतमा चाप परेको छ ।स्रोतमा चाप परेको भए पनि अर्थमन्त्रीले अनावश्यक चालू खर्च क’टौतीमा भने ध्यान दिएको देखिएन ।

उनले खर्चमा अझ लचक भएर पैसा बाँड्ने कार्यक्रममा भने म’नग्य बजेट विनियोजन गरेका छन् ।आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।अर्थमन्त्री पौडेलले कर्मचारीको भत्ताका लागि १२ अर्ब ३० करोड, पदाधिकारीको भत्ताका लागि ५४ करोड ८२ लाख, सवारीसाधन मर्मत तथा इन्धनका लागि पाँच अर्ब ३७ लाख र फर्निचरका लागि एक अर्ब ८६ करोड रुपैयाँ बजेट

विनियोजन गरेका छन् ।त्यस्तै, गोष्ठी तालिमलगायत कार्यक्रमका लागि ३२ अर्ब ७८ करोड, अनुगमन मूल्यांकन र भ्रमणका लागि तीन अर्ब ३४ करोड रुपैयाँ र सेवा तथा परामर्शका लागि १० अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।


Last Updated on: June 2nd, 2021 at 7:13 am
३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया