शनिबार १५ माघ २०७८

भेरी नदीको किनारमै छ कुदुको विशाल फाँट । सिँचाइ अभावमा यहाँ वर्षेबाली मात्रै लगाइन्छ । हेर्दा सुन्दर र आकर्षक देखिए पनि झन्डै एक हजार घरधुरी रहेको भेरी नगरपालिका–१३ कुदुका बासिन्दा ५ दशकदेखि स्वच्छ खानेपानीको सुविधा पाउनबाट व’ञ्चित छन् ।

उपयुक्त योजनाको अ’भा’वमा वर्षौंदेखि खानेपानीको कहर भोग्दै आएको स्थानीय अम्बिकाप्रसाद आचार्यले बताए । ‘हाम्रा लागि योजना निर्माण चुनावको नारा मात्र भयो,’ उनले भने, ‘पानीका लागि पुस्तौंदेखि दुःख भोग्दै आइरहेका छौं ।’ उनका अनुसार नदी तल र गाउँ माथि पर्दा खानेपानीको योजनाले सार्थकता पाउन नसकेको हो ।

भेरी नगरपालिकाले २ वर्षअघि ४४ लाख रुपैयाँ खर्चेर कुदु स्वास्थ्यचौकी परिसरमा डिप बोरिङमार्फत पानी निकालेको थियो । तर विद्युत् महसुलका नाममा एक गाग्री पानीका लागि ५ रुपैयाँ तिर्नुपर्ने बा’ध्य’ता भएको स्थानीय सावित्रा रावतले गुनासो गरिन् ।

पानीको अ’भा’वकै कारण अड्कलेर खानुपर्ने बा’ध्य’ता रहेको उनले सुनाइन् । ‘वर्षायाममा आकासेपानी उपभोग गर्छौं,’ उनले भनिन्, ‘अरु समय सधैं पानीको पिरलो हुन्छ ।’ खानेपानी स’म’स्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् । पशुपालन गर्न पनि समस्या भएको उनले गुनासो गरिन् ।

भेरी नदीबाहेक गाउँ आसपास पानीको मुहान छैन । भेरी नदीको धमिलो पानीभन्दा डिप बोरिङको पानी सफा हुने भए पनि रातिको १२ बजेसम्म लाइन बसेर पानी ल्याउनुपर्ने बा’ध्य’ता भएको स्थानीय अगुवा ध्रुवप्रसाद शर्माले बताए । खानेपानी समस्या समाधानका लागि २ वर्षअघि छहरी–कुदु खानेपानी योजनाको काम अघि सारिएको थियो

। तर भेरी नगरपालिकाको ४२ लाख, वृहत जलाधार कार्यालयको २ लाख र खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको ४ लाख रुपैयाँ खर्च भएको योजना अझै अधुरो छ । ‘बजेट विनियोजन गरेर योजनामा लगानी गरे पनि अनुगमन नहुँदा बालुवामा पानी हालेजस्तै भएको छ,’ उनले भने, ‘एक त बजेट आउँदैन, आए पनि काम गुणस्तरीय हुँदैन ।’

खानेपानी योजनाका लागि बर्सेनि बजेट आएको सुने पनि आफूहरूको सास्ती नघटेको स्थानीय रामकृष्ण गिरीले बताए । ‘जिल्ला प¥ञ्चायतदेखि नै खानेपानी योजना माग्दै आएका छौं,’ उनले भने, ‘यस्तै बेवास्ता भए हाम्रा छोरानातिले पनि पानीका लागि सा’स्ती भोग्ने भए ।’

कार्यालयमा एउटा योजनाका लागि १/२ करोड रुपैयाँ मात्र बजेट आउने भएकाले कुदुमा बृहत खानेपानी योजना स’ञ्चालन गर्न समस्या भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए । ‘हामीकहाँ मर्मत र साना योजनाका लागि मात्र बजेट आउँछ,’ उनले भने, ‘संघीय सरकारका विभिन्न निकायलाई यसबारे जानकारी गराए पनि बेवास्ता भइरहेको छ ।’

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले कुदु खानेपानीका लागि बर्सेनि बजेट विनियोजन गरिरहेको बताए । स्थानीय सरकार गठनपछि खोनेपानीका लागि मात्रै झन्डै ९८ लाख रुपैयाँ खर्च भएको उनले दाबी गरे ।


Last Updated on: November 2nd, 2021 at 2:25 pm
२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया