शनिबार ०८ माघ २०७८

काठमाडौं : खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन मात्र होटेल क्वा’रेन्टिन बसे पुग्ने भएको छ ।

सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एक/एक वटा दुईत’र्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै मापद’ण्ड बनाएको हो ।

मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट आउने यात्रु पाँच दिन अनिवार्य होटेल क्वारे’न्टिनमा बस्नु पर्नेछ । होटेल क्वारे’न्टिनमा बसी पीसी’आर परी’क्षण नेगे’टिभ आएपछि थप १० दिन होम क्वारे’न्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव

यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् । मन्त्रालयले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापद’ण्ड सार्वजनिक गर्दै यस्तो प्राव’धान ल्याएको हो ।

आक’स्मिक अवस्थामा बाहेक अन्यलाई १० दिन होटेल क्वा’रेन्टिन अनिवार्य!आकस्मि’क अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु (नेपाली–विदेशी)लाई भने अनिवार्य १० दिन होटेल क्वारेन्टि’नको प्रावधान दोहोरिएको छ । मन्त्रालयका अनुसार नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटि’भ रिपोर्ट साथमा हुनुपर्छ ।

यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वारे’न्टिनको खर्च भने यात्रु स्वयंको हो । १० दिन होटेल क्वा’रेन्टिनपछि भने कोरो’नाको लक्ष’ण देखिएका व्यक्तिले पीसी’आर परीक्षण गर्नुपर्छ ।

पीसीआर प’रीक्षण गर्दा को’भिड पोजे’टिभ आएमा १० दिन आइसोलेसन सेन्टर, अस्पताल वा तोकिएको होटेलमै बस्नु पर्नेछ । १० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परी’क्षणबाट रिपोर्ट नेगे’टिभ आएका सबै यात्रु घर/गन्तव्यमा जान सक्ने भएका छन् ।

तर, आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजक्रिया)मा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिने अनिवार्य होम क्वारे’न्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइने भएको छ ।

दीर्घरोगी, शारीरिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ ।

७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबालकका आमा–बुबाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिन क्वारे’न्टिनमा बस्ने गरी जान दिइने भएको छ । कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई नियोगको सिफारिसमा जान दिइने भएको छ ।

को’भिड नियन्त्र’णमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा तोकिएको गन्तव्यमा १० दिन क्वा’रेन्टिन बस्ने गरी जान दिइने भएको छ ।

ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वा’रेन्टिन नतोकिने

अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटलमा क्वारेन्टिन नतोकिने भएको छ । मन्त्रालयका अनुसार यसअनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वा’रेन्टिनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो.

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार यी क्षेत्र घना बस्ती भएका क्षेत्र भएकाले को’रोना सं’क्रमण नि’यन्त्रण गर्न ती क्षेत्रका होटेललाई क्वारे’न्टिन होटेलका रुपमा सूचीकृत नगर्ने निर्णय सरकारले गरेको हो । होटेल क्वा’रेन्टिनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डले पाएको छ ।युवा आवाज


Last Updated on: June 3rd, 2021 at 8:59 am
२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया