शनिबार १५ माघ २०७८

१९ कात्तिक, काठमाडौं । ललितपुरको मंगलबजारका लक्ष्मीकृष्ण ताम्रकारको परिवार शुक्रबार साँझ साढे ६ बजे म्ह: पूजा गरिरहेको थियो । घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए ।

एक्कासी परिवारका बालबालिकाहरु धुँवा आयो भन्दै कराए । ‘सुरुमा के भन्छन् भनेर वास्ता गरिएन, एकछिनमा त मुस्लो नै देखियो’ घा’इ’ते अनार ताम्राकार भन्छिन्, ‘तल पूरै ज’लिसकेछ, विजुलीले हो कि भनेर मेन स्वीच बन्द गर्न गएँ ।’

उनी फर्किन नपाउँदै ठूलो आवाजसहित ग्यास सिलिण्डर वि’ष्फो’ट भयो । श्रीमान् लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको चौथो तलामै मृ’त्यु भयो ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य भन्छिन्, ‘उहाँहरु भान्छाको छेउमा हुनु हुँदो रहेछ, सिलिण्डर वि’ष्फोट हुँदा पहिले चारजनालाई लागेको हुनसक्छ ।’ प्रहरीका अनुसार छोरा र छोरी आ’गो बल्दै गर्दा घरबाट हा’म फा’लेको देखिएको छ, उनीहरु पनि घा’इ’ते छन् ।

‘केही चाहिँ हाम फाल्न नसकेको जस्तो पनि देखिन्छ’ बज्राचार्य भन्छिन् ।


Last Updated on: November 6th, 2021 at 6:21 am
४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया