बुधबार १२ माघ २०७८

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घा’ट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ ।

यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राडा चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको छ।

पुनरावलोकन समितिमा मन्दिर नजिक घाट राख्दा म’सानघा’टको जस्तो वातावरण बनी धार्मिक स्थ’लजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

“विश्वभर फैलिएका वैदिक स’नातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा धुप, दीप, ब’लेर त्यसको सु’गन्धमा भक्तजन र’माउनुपर्नेमा को’रोना महामारीका बेला दैनिक कम्तीमा पनि १०० वटा श’व आउन थालेकाले प’शुपतिनाथ मन्दिरबाट घा’ट अन्यत्रै वाग्मती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो”–उनले भने ।

को’रोना महामारी फैलिएका बेला कुनै दिन २०० वटा त को’रोना भई नि’धन भएकाको श’वदा’ह गरिएको अभिलेख कोषमा छ । पशुपति क्षेत्र कि घा’ट हो भनी ठ’म्याउन असहज हुने गरी धुवाँ आउन थालेपछि आ’र्यघा’ट पूर्णरुपमा ब’न्द गर्ने गुरुयोजना कोषले तयार पार्न लागेको हो ।

विद्युतीय श’वदा’ह गृ’हलाई पनि अन्यत्र उपयुक्त स्थानमा सा’र्न प्रस्ताव गर्ने जनाइएको छ ।भ’ष्मेश्वरघा’टका दुई वटा घा’ट राखी अरु ह’टाएर पशुपतिस्थित वाग्मती किनारलाई पूजा, आ’रधना, ध्यान, साधना केन्द्रका रुपमा विकास गर्ने गरी योजना बनाउने तयारी अन्तिम चरणमा पुगेको गुरुयोजना पुनरावलोकन समितिको समेत सदस्य सचिव रहेका ढकालले जानकारी दिए ।

सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न रु ३५ करोड बजेट विनियोजन गरेको छ ।आम्दानीका अरु धेरै स्रोत भएकाले श’वदा’ह गरेको दृश्यकै आधारमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने तर्क उ’चित नहुने निष्कर्षमा कोष पुगेको छ ।

पुरातात्विक महत्वले विश्वमै चर्चामा रहेको पशुपति क्षेत्रमा श’वदा’ह हेर्नमात्र विदेशी पर्यटक आउँछन् भन्ने तर्क गरेर मन्दिर क्षेत्रलाई म’सानघा’टमा रुपान्तरण गर्न नहुने उनको भनाई छ ।आ’र्यतीर्थबाट घा’ट ह’टाएपनि ब्र’ह्मना’लको व्यवस्था गरिने जनाइएको छ ।काठमाडौं उपत्यकामा ज’नसङ्ख्यासमेत बढ्दै गएकाले घा’टको विकल्प खोज्न कोषले सरोकार भएका निकायलाई अनुरोध गर्ने भएको छ ।

एक करोडसम्म जनसङ्ख्यालाई धान्ने गरी घा’ट व्यवस्था गरिनुपर्ने कोषको सुझाव छ । पशुपति क्षेत्रमा हाल आ’र्यघा’टमा दुई, भ’ष्मेश्वर घा’टमा १० र वि’द्युतीय श’व’दा’ह गृ’हमा तीन गरी १५ घाट सञ्चालनमा छन् । पछिल्लो समय पशुपति क्षेत्रका यी सबै घाटमा २४ सै घण्टाजसो श’वदा’ह हुन थालेको छ ।

पहिले वाग्मती किनारका गो’कर्णेश्वर, ह’त्यामो’चनघा’ट, श’ङ्खमूल क्षेत्र, का’लमोचनघा’टलगायत स्थानमा पनि श’वदा’हा हुने गरेको थियो । पछिल्लो समय पशुपति क्षेत्रमा श’वदा’ह सामग्री, क्रि’यापु’त्री भवन, ब्रा’ह्मणको सुविधा आदि कारणले सबै मानिस यहीँ आउँदा मसानघा’टका रुपमा विकास हुन लागेको भन्दै कोषले वैकल्पिक व्यवस्था गर्ने प्रस्ताव गुरुयोजनामार्फत् गर्न लागेको हो । रासस


Last Updated on: June 5th, 2021 at 8:19 am
५९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया