शनिबार ०८ माघ २०७८

२१ जेठ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए ।

पार्टीको बहुमत पक्षले दिएको का’बा’र’हीको चे’ता’व’नीलाई वेवास्ता गर्दै मन्त्री भएकामध्ये अनिल झा दोस्रो तथा लक्ष्मणलाल कर्ण, विमलकुमार श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया पहिला पटकमन्त्री भएका हुन् ।

राज्यमन्त्रीद्धय चन्द्रकान्त चौधरी र रेणुका गुरुङ पहिलो पटक सरकारमा गएका हुन् ।तर शरत सिंह भण्डारी र राजेन्द्र महतोका लागि मन्त्रीको जिम्मेवार नौलो होइन । लामो प्रतिक्षापछि मन्त्री भएका मात्र हुन् ।

११ भदौ २०६८ मा त’त्कालीन मा’ओ’वादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि तत्कालिन मधेसी मोर्चाबाट राजेन्द्र महतो र शरदसिंह भण्डारी मन्त्री बनेका थिए । दुबैको दल भने अलग अलग थियो ।

तत्कालीन सद्भावना पार्टीका नेता महतो स्वा’स्थ्यमन्त्री थिए भने मधेसी जनअधिकार फोरम लो’क’ता’न्त्रिकका नेता भण्डारी रक्षामन्त्री ।

त्यसबेला तराई मधेशका युवको नेपाली से’ना’मा सामूहिक प्रवेश नभए तराई टुक्रिन सक्ने अभिव्यक्ति दिएपछि भण्डारी पदमुक्त भएका थिए ।उनको अभिव्यक्तिलाई दिएर दलहरुले सं’वि’धानसभा बैठक अव’रु’द्ध अव’रु’द्ध गरेपछि फोरम लोकतान्त्रिकसँग सहमति लिएर तत्कालीन प्रधानमन्त्री भट्टराईले २ कात्तिक २०६८ मा पदमु्क्त गरेका थिए ।

दुबै नेता दवै नेता दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए । त्यसयता मन्त्री पद उनीहरुका लागि टाढा बन्दै गएको थियो ।

नयाँ संविधान निर्माणका क्रममा मधेस केन्द्रीत दलहरु मधेसी मो’र्चाको नाममा गो’लब’न्ध भए । आ’न्दो’लन गरे । आ’न्दो’लन ६ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो । २०७४ सालमा भएको प्रतिनिधीसभा निर्वाचनमा राजपा र तत्कालीन संघीय समाजवादी फोरमले तराई मधेसका जिल्लाहरुमा चुनावी तालेमल ग¥र्‍यो ।

महतो धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचन लडे । नेपाली कांग्रेस उपसभापति बिमलेन्द्र निधिलाई प’रा’जित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । भण्डारी महोत्तरी क्षेत्र नम्बर २ बाट विजयी भए ।

तर वाम गठ,बन्धन बनाएर चुनाव लडेको तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी -नेकपा) बन्यो, जसको संसदमा झण्डै दुई तिहाई नजिक बहुमत रहृयो । नेकपाले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीलाई सरकारमा लगेपछि राजपाले समर्थन गरेर पनि मन्त्री पाएन ।

नेकपामा कि’चलो बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली दल विभाजनलाई सहज बनाउने अध्योदश ल्याएपछि राजपा र सपाबीच वैशाख २०७७ मा रातारात एकता भयो र जनता समाजवादी पार्टी बन्यो ।

केपी ओली नेतृत्वको सरकारमा सहभागी भएसँगै महतोले पाँचौ पटक सत्तामा आएका छन् ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको २०६३ सालको सरकारमा महतो उद्योग वाणिज्य तथा आपर्तिमन्त्री बनेका थिए । पहिलो सं’वि’धा’नसभाको निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल नेतृत्वको सरकारमा त्यही मन्त्रालल सम्हालेकाउनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए । यो पटक उपप्रधानमन्त्रीमा बढुवा भए ।

शरदसिंह भण्डारी तराई/मधेशको नाममा रा’ज’नीति गर्न शुरु गरेपछि तीन पटक मन्त्री बनेका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन फोरम नेपालबाट संस्कृति, पर्यटन ततथा नागरिक उड्डयनमन्त्री बनेका उनी बाबुराम भट्टराई सरकारमा र’क्षामन्त्री थिए ।

तर मधेस रा’ज’नी’तिमा आउनु अघि नै उनी धेरै पटक मन्त्री भइसकेका थिए । २०४३ सालदेखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक सरकारमा गएका छन्

राजेन्द्र महतोसहित मधेश केन्द्रित दल सत्तामा जाँदा देशमा कुनै न कुनै रा’ज’नी’तिक हलचल भइरहेको देखिन्छ । महतोकै स’त्तारो’हणलाई मात्रै केलाउँदा उनी देशमा रा’ज’नीतिक अस्थिरता उत्पन्न भइरहेको समयमा सरकारमा सहभागी भएका छन् । राज’नीतिक विश्लेषक सुरेन्द्र लाभ पनि देशको रा’ज’नीतिक अवस्था कम’जोर हुँदा मधेस केन्द्रीत दल सत्तामा जाने गरेको बताउँछन् ।

‘राजनीतिक अवस्था क’म’जोर भएको अवस्थामा बढीभन्दा बढी सांसदको आवश्यक पर्छ । त्यसपछि सत्ता नेतृत्वले त्यसको आधार खोज्छ’ उनी भन्छन्, ‘त्यो आधार खोज्ने बेलामा मधेस केन्द्रीत दलहरु सरकारमा गइहाल्छन् । सबै मधेसी नेताको हाल यस्तै छ ।’

मधेसी दल सत्तामा जाने मौकाको पर्खाइमा रहने र मौका पाउनेवित्तिकै स’त्तारो’हण गर्न नछाड्ने गरेको उनको विश्लेषण छ । ‘सबैभन्दा बढी स’त्ताको भोको मधेसी द’ल नै हुने गरेको आ’रो’प लाग्ने गर्दछ’ उनी भन्छन्, ‘हुन त स’त्ताको भोको सबै हुन्छन् । तर यो बेला मधेसी दलले सत्ताको भोका नभएको पुष्टि गर्न सक्थे । मा’ग पूरा गर्नेलाई धन्यवाद दिएर सरकारमा नजान सकिन्थ्यो । तर त्यसो भएन ।’अनलाइन खबर


Last Updated on: June 5th, 2021 at 8:33 am
७७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया