बुधबार ०५ माघ २०७८

२३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दु`ल्लाह अलमुताइरीले विश्वकप २०२२ र एसिया २०२३ को छनो`ट अन्तर्गत जोर्डन वि`रुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली भए पनि जितको लक्ष्यका साथ नै मैदान उत्रिने बताए । ‘जोर्डन निकै बलियो रहेको र नेपालको कुनै स`म्भा`वना नरहेको भन्ने देखेको छु । तर फुटबलमा त्यसो हुँदैन ।

हामीले नर्थ मेसेडोनियाले जर्मनीलाई परा`जित गरेको देखेका छौं,’ उनले भने, ‘जोर्डन बलियो टोली हो । दुवै टोलीका लागि खेल गो`लरहित बरा`बरीमा सुरु हुने हो । हामी एक मात्र लक्ष्यका साथ खेल्नेछौं र त्यो जि`त नै हो ।’ नेपालले एसिया कप छनोटअन्तर्गत

समूह बी को सातौं खेलमा सोमबार जोर्डनसँग खेल्दैछ । यसअघि नेपालले चाइनिज ताइपेईलाई २–० गोलले परा,जित गरेको थियो । अलमुताइरीले नतिजा ल्याउनका लागि हरेक मिनेट राम्रो प्रदर्शन गर्ने बताए । यस्तै उनले एसिया कपमा छनोट हुने लक्ष्य रहेकाले यस खेलमा जित आवश्यक रहेको पनि बताए ।

यसअघि चाइनिज ताइपेई वि`रु´द्ध गरेको अध्ययनले जित सम्भव भएको भन्दै अलमुताइरीले जोर्डन वि`रु`द्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेको बताए । ‘चाइनिज ताइपेईको खेलअघि जस्तो तयारी गरिरहेका थियौं, त्यस्तै तयारी गरिरहेका छौं,’ उनले भने ।

नेपाल र जोर्डनबीचको खेलको नतिजाले घरेलु टोली कुवेतको एसिया कप खेल्ने सम्भा`वना पनि जोडिएको छ । नेपालका प्रशि`क्षक पनि कुवेतकै भएकोले जोर्डन वि`रु`द्धको खेल पनि महत्वपूर्ण हुने बताए । उनले कुवेतले जोर्डनलाई परा`जित गर्नुपर्ने समेत बताए । उनले सोमबारको खेलमा सबै खुशी हुने विश्वा`स समेत व्य`क्त गरे ।

समूह बी मा जोर्डन ५ खेलबाट १० अं´कसहित तेस्रो स्थानमा छ । कुवेत ६ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । यदि नेपालले जोर्डनलाई परा`जित गरेमा यसको फाइदा कुवेतलाई पनि हुनेछ ।

अष्ट्रेलिया ५ खेलमा शतप्रतिशत जि`तसहित १५ अंक जोडेर शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ । त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कप छनोट हुने लक्ष्यमा छन् । अन्लाईन खबर बाट


Last Updated on: June 6th, 2021 at 3:58 pm
४५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया