शनिबार १५ माघ २०७८

काठमाडौं । कालो कोठी फैलिएर ट्युमर बनेर समस्यामा परेकी एक बालिकाको सफल शल्यक्रिया गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-४ बसपार्कका १४ वर्षीया बालिकाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा सफल शल्यक्रिया गरिएको अस्पतालका प्लास्टिक सर्जन डा. विनोद कर्णले जानकारी दिनुभयो ।

कोठी सानो छँदा जन्मजातको लक्षण भन्दै उपचारमा त्यति चासो नदिदाँ फैलिएर यति ठूलाे भएको डा. कर्णले बताउनुभयो । विरामीको टाउकोबाट ४०० ग्रामको ट्युमर झिकिएको उहाँले जानकारी दिनुभयो ।

कोठी जन्मजात हो, केही हुँदैन भन्दै लुकाएर बस्ने गरेका कारण यस्तो समस्या निम्तने गरेको छ । गाउँघरमा जन्मजात आएको चिज काट्नु पर्दैन भन्ने, कोहीले कपालले छेकेको छ भनेर लुकाउने गर्नाले पनि यस्ता समस्या निम्तिने गरेको डा. कर्ण बताउनुहुन्छ ।

गाउँघरमा यस्ता समस्या रहेका अन्य विरामीहरु पनि धेरै रहेको र उपचारको पहुँचमा नरहेको भन्दै आर्थिक अवस्थालगायतकै कारण रोग पालेर नबस्न डा.कर्णले सबैमा आग्रह गर्नुभएको छ ।

आर्थिक अवस्था कमजोर रहेका यस्ता समस्या भएका विरामीहरलाई आफूहरु निःशुल्क उपचार गरेर सहयोग गर्न तयार रहेको समेत उहाँले बताउनुभयो । ताजाखबर बाट


Last Updated on: December 11th, 2021 at 7:20 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया