बुधबार ०५ माघ २०७८

काठमाडौ । नेपालमा कुनै बेला यस्तो अवस्था थियो जुन बेला १८ घण्टा सम्म अन्धकारमा बस्नुपर्ने अवस्था थियो । यस्तो अवस्थावाट पार लगाउने नेकपा एमाले भएको नेता शंकर पोखरेलले दावी गरेका छन् ।

नेपालमा जारी लामो लोडसेडिगं एमालेले हटाएको महासचिव शंकर पोखरेलले दावी गरेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारले देशबाट १८ घण्टे लोडसेडिङ हटाएको उनको दाबी थियो ।
चितवन महाधिवेशनपछि भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन् ।

पार्टीले शुक्रबार सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो । सो क्रममा तत्कालिन एमाले सरकारले गरेका कामको स्मरण गर्दै उनले ुएमाले नेतृत्वको सरकारले नै तत्कालीन अवस्थामा १८ घण्टा लामो लोडसेडिङ हटाउन काम गरेको उनले बताए । उनलेभने, ‘त्यसका लागि हामीले भारतसँग विद्युत खरिद सम्झौता गरेका थियौँ।’

उनले लोडसेडिङ हटाउन ओली नेतृत्वको सरकारकै पालामा अन्तर देशीय ट्रान्समिसन लाइन निर्माणमा पनि भूमिका खेलेको बताएका छन्। उनले त्यसकारण अब देशमा लोडसेडिङ हटेको पनि उनले दाबी गरेका छन्। सुनौलो नेपाल टिभी बाट


Last Updated on: December 18th, 2021 at 3:07 pm
३२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया