बुधबार १२ माघ २०७८

चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निध`न भएको छ ।

स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निध`न भएको हो । उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो ।

उनी सन् २०१३ देखि देशको सबैभन्दा जेष्ठ नागरिक घोषित भएका थिए । निध`न हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

‘उहाँ सधैँ हाँसी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो’ उनका एक आफन्तले भने । उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो । रातोपाटी बाट


Last Updated on: December 18th, 2021 at 3:27 pm
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया