शनिबार १५ माघ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्ष पदमा निर्वाचित भएपछि ,हिजो पहिलोपटक लिङ्देन गृह जिल्ला झापा पुग्नु भएको थियोे ,

तडकभडक गर्न नजान्ने लिङ्देन झापा पुग्दा स्थानीयले सभ्य ,भब्य स्वागत गरे, साधरण जीवन बिताउने, शान्त,शालिन स्वभावका लिङ्देन झापा पुग्दा माहोल निकै राम्रो देखिन्थ्यो ,

विर्तामोड तथा बाह्रदशी ५ मा आयोजित अलगअलग कार्यक्रममा ४५६ जनाले विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन,र यो अभियान निरन्तर रहने राप्रपा अध्यक्ष लिङ्देनले बताए,

अहिले जनताले नेतालाई हेर्न दृष्टिकोण फरक भएको र जनताले नेतालाई बिश्वास गर्न छाडे,र नेताले जनताको मर्म बुझ्न नसकेको लिङ्देन बताउछन,

जबसम्म हामीले जनताको भावना बुझ्न सक्दैनौं , जनताको वास्तविक जिन्दगीलाई बुझ्न सक्दैनौं ,तबसम्म हामीले आफैंलाई नेता हु भन्न नसकिने बताए,राजनीति निस्वार्थ समाजसेवा हुनुपर्ने ठाउँमा पैसा कमाउने व्यापार जस्तो भएको उनको भनाइ छ,©पुर्ब आवाज


Last Updated on: December 19th, 2021 at 6:09 am
६९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया