बुधबार १२ माघ २०७८

लडेर वडा सदस्यको मृ,त्यु

सिस्ने गाउँपालिका–२ का वडा सदस्य धनबहादुर पुनको मृ’त्यु भएको छ ।

छिपखोलास्थित घरबाट रुकुमकोट आउँदै गर्दा वडा नं ४ को फारुलाको बाटोमा लडेका ४४ वर्षीय पुनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृ’त्यु भएको हो । 

बिहीबार बिहान कामको शिलशिलामा गाउँपालिकाको केन्द्र रुकुमकोट आउने क्रममा लडेका पुनको थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा शुक्रबार त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मृ’त्यु भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।

जिल्ला अस्पताल रुकुमकोटमा सामान्य उपचारपछि पुनलाई थप उपचारका लागि नेपालगञ्ज लैजान लागिएको थियो । मृतक पुनको शुक्रबारै छिपतरास्थित सानीभेरी नदी किनारमा अन्त्येष्टि गरिएको छ । मृतक पुनका श्रीमती र एक छोरा रहेका छन् ।


Last Updated on: December 19th, 2021 at 6:22 am
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया