शनिबार ०८ माघ २०७८

३ पुस, दाङ । जब उनी बुझ्ने  भए आँखा खोल्दा चारैतिर अ`न्ध`कार थियो  । सोच्थे  ‘जीवन अँध्यारोमै  बि`त्ने  भयो  ।’

तर होइन रहेछ, अँध्यारोभित्र पनि त उज्यालो  हुँदोरहेछ । आँखाको  ज्योति गुमा`एर संसारको  झिलिमिली देख्न नपाए पनि आफ्नो  जीवनलाई प्रकाशवान तुल्याउन सकिन्छ । र, अँध्यारोबाट उज्यालोको ज्योति छर्न सकिन्छ भन्ने एक सजीव उदाहरण हुन्– दाङका कुशल तामाङ ।

उनी नुवाकोट जिल्लामा जन्मिए । जन्मिएको वर्ष दिन नपुग्दै गाउँमा आँखा पाक्ने म`हामा`री फैलियो । गाउँमा सबैका आँखा पाक्न थाले  । परिवारमा उनलाई पनि यो  रोगले  भेट्यो  । ‘त्यो  बेला उपचार गराउन नजिक अस्पताल थिएन’ उनले  भने, ‘बुवाले  झाँक्रीकहाँ लैजानु भएछ । तन्त्रम`न्त्र गर्न लगाइयो ।  कहाँ सञ्चो  हुनु ?’ अन्ततः उनले  आँखाको  ज्योति गु`माए । संसार अँध्यारो भयो ।

सानै  छँदा उनलाई लाग्थ्यो  रे, संसार यस्तै  होला । तर जब हुर्किंदै  गए, छामछामछुमछुम पो  गर्न थाले  । हिंड्न खोज्दा ठोक्किन थाले  । चारैतिर संसार अँध्यारो थियो । केही पनि ठम्याउन नसक्ने । ‘५–६ वर्षको  थिएँ होला, त्यसैबेला थाहा पाएँ म त अरू भन्दा फरक रहेछु’ उनले  भने, ‘संसार त उज्यालो  पो  रहेछ । आँखाको  ज्योति सदाका लागि गु`मेको  थाहा पाएकै  दिन सबैभन्दा धेरै  रो`एँ ।’

सबलांग छात्रछात्राबीच पढ्न उनलाई उति सहज थिएन । गाह्रो  पनि भयो  । तर मनमा एककिसिमको अठोट थियो । जसरी हुन्छ, शिक्षा आर्जन गर्ने । उनी सोच्थे, ‘बाहिरको  उज्यालो  देख्न नपाए पनि शिक्षाको  उज्यालो  पाउने  भएँ ।’ पढाइको खु,ड्किलो चढ्दै जाँदा उनको  अँध्यारो जीवनमा उज्यालाका किरणहरू क्रमशः देखा पर्न थाले  ।

६ दाजुभाइ र दुई दिदीबहिनीमध्ये  उनी साइँला थिए । आफूसँगका दाजुभाइ स्कूल पढ्न जान्थे  । गाउँमा हुने  बिहे भोजमा पुग्थे  । उनी भने  घरमै  टोलाएर बस्थे  । दृष्टिविहीन हुँदा पढ्न लेख्न नपाउँदा आफूमाथि ठूलो  बज्रपात परेजस्तो  लाग्थ्यो  उनलाई । ‘कहिले  त दृष्टिविहीन हुनुभन्दा बरु नजन्मेकै  भए हुन्थ्यो  झंै लाग्थ्यो’ उनले  सुनाए ।

भनिन्छ नि, ‘जीवनमा आत्तिनु हुन्न । अँध्यारो  रातपछि उज्यालो  आउँछ ।’ उनको जीवनमा पनि यस्तै भयो । जागीरको  सिलसिलामा काठमाडांै  पुगेका जेठा दाइले एक दिन दृष्टिविहीनहरूलाई पढाउने  स्कूल छ भन्ने  खबर पठाए । ‘शुरूमा त विश्वास नै  गरिनँ’ उनले  भने, ‘आँखा नदेख्ने त म मात्रै हुँला भन्ने सोच्थें । पछि दाइले काठमाडांैको  लाइब्रेरी सेकेन्डरी स्कूलमा लगेर भर्ना गरिदिए पछि मात्रै  विश्वास गरें ।’

पहिले  उनलाई लाग्थ्यो  रे , आँखा नदेख्ने  त म मात्रै  हुँला । तर जब उनी त्यस विद्यालयमा भर्ना भए, अनि पो  लाग्यो  आफू जस्ता त थुप्रै  रहेछन् । ‘दृष्टिविहीन साथीहरूको  साथले  मलाई त्यो  बेला ठूलो  हौसला मिल्यो’ उनले  भने, ‘हाम्रा लागि पनि पढ्ने लेख्ने  ठाउँ हुँदोरहेछ  ।’ उनको खुशीको सीमा रहेन । सोचे – संसार त्यति पनि साँघुरो रहेनछ ।

आफ्ना दाइ, भाइ र दिदिबहिनीहरूले झैं पढ्ने सपना उनको त्यहाँ पुगेपछि मात्र सम्भव भयो । ‘त्यो मेरो जीवनको सबैभन्दा खुशीको क्षण थियो’, ती दिनहरू सम्झिंदै उनी विगततिर टोलाउँछन् ।

सबलांग छात्रछात्राबीच पढ्न उनलाई उति सहज थिएन । गाह्रो  पनि भयो  । तर मनमा एककिसिमको अ`ठोट थियो । जसरी हुन्छ, शिक्षा आर्जन गर्ने । उनी सोच्थे, ‘बाहिरको  उज्यालो  देख्न नपाए पनि शिक्षाको  उज्यालो  पाउने  भएँ ।’ पढाइको खुड्किलो चढ्दै जाँदा उनको  अँध्यारो जीवनमा उज्यालाका किरणहरू क्रमशः देखा पर्न थाले  । शिक्षाको ज्योतिले ज्ञानको भण्डार फैलँदै गयो ।

पछि उनले  त्यही विद्यालयबाट एलएलसी उत्तीर्ण गरे । र, काठमाडांैको  महेन्द्ररत्न क्याम्पसबाट नेपालीमा मास्टर्स गरे । तर पढेर मात्र नहुने । मुखमा माड लगाउनु अर्काे समस्या थियो । दृष्टिविहीनले रोजगारी पाउनु सबैभन्दा ठूलो समस्या थियो ।

२०५२ सालमा नेपाल नेत्रहीन संघले  दृष्टिविहीनहरूलाई रोजगारी दिनुपर्ने भन्दै आ`न्दोलनको  नेतृत्व गर्‍यो  । उनी पनि त्यही आन्दोलनमा सरिक भए । हेर्दाहेर्दै आन्दोलनले ठूलै रूप लियो । ‘आ`न्दो`लनका क्रममा दुई तीन पटक प्रहरीले हिरा`सतमा लगेर थुन्यो’, उनले  सुनाए ।

अन्ततः २०५३ सालमा आ`न्दोलनले  सार्थकता पायो  । उपलब्धि स्वरुप देशभरबाट दृष्टिविहीनहरूलाई १७ वटा शिक्षक दरब`न्दी खोलियो  । त्यसमध्ये  एउटा दरबन्दी उनले पाए ।

***
२०५४ सालदेखि उनी अध्यापन गराउन दाङ आइपुगे । लालमटिया आदर्श माविदेखि उनले  आफ्नो  अध्यापन शुरू गरे  । त्यहाँ उनले आफू जस्तै  दृष्टिविहीन र सबलांग छात्रछात्राहरूलाई सात वर्ष पढाए । २०६१ साल यता भने उनी दाङ तुलसीपुरको गुरु–जजुर मावि रक्षाचौरमा पढाउँदैछन् । उनले अध्यापन थालेको करीब २४ वर्ष पुग्यो ।

शिक्षण उनको कर्म बनेको छ र यसैमा रमाएका छन् । उनी शिक्षाको ज्योति बाँड्दैछन् । सत्मार्गको निर्देशन गर्दैछन् । भलै उनले बाहिरी संसारको ज्योति देख्न पाएनन् ।

विद्यालयमा अहिले  ३४ जना दृष्टिविहीन छात्रछात्रा अध्ययनरत छन् । आफू जस्तै संसारको ज्योति देख्न नपाएका बालबालिकालाई उनी ज्ञानको ज्योति छर्दैछन् । शिक्षा दिंदै अँध्यारोबाट उज्यालो तर्फ डोर्‍याउँदैछन् । र, भन्दैछन्, ‘संसारको  उज्यालो  देख्न नपाएर जीवन सकिंदैन । शिक्षाको ज्योतिले जीवन रंगीन बनाउन सकिन्छ ।’

उनको बुझाइमा कोही दृष्टिविहीन हुँदैमा जीवनको बाटो रुमल्लिंदैन । बरु दृढसंकल्प र इच्छाशक्ति भए गन्तव्यमा पुगिन्छ । उनी आज तिनै  दृष्टिविहीनहरूका लागि मार्गदर्शक बनेका छन् । आँखाको  ज्योति गुमाएका थुप्रै  निराश मनहरूका लागि आशा बनिदिएका छन् ।

दाङ घोराही–१७ की रूपा यरी पनि दृष्टिविहीन हुन् । उनी दुई वर्षकी छँदा आँखाको ज्योति गु`म्यो । चारैतिर अन्धकार । सानो छँदा त पत्तो पाइनन् । हुर्किंदै गर्दा छामछामछुमछुम गर्न थालिन् । आफू दृष्टिविहीन भएको थाहा पाएपछि उनलाई लागेको थियो– जीवन त अन्धकारमै बित्छ होला ।

‘८/९ वर्षकी छँदा आँखाको ज्योति गुमेको थाहा पाएँ । हुर्किंदै जाँदा साथीसंगी र आफूबीच भएको फरकबारे मेसो पाएँ’ उनले भनिन् । बाल्यावस्थामा आफू दृष्टिविहीन भएको कुराले खासै फरक परेन । तर जब हुर्किंदै गइन् अ`न्ध`कार झ्न–झन् बढ्दै गयो । सानैमा आमाले संसार छाडेपछि बुवाले उनलाई बेवा`स्ता गरे । उनी मामाघरको सहारामा पुगिन् ।

मामाघरमै बसेर उनले दृष्टिविहीनले पढ्ने स्कूलमा पढिन् । अक्षर चिनिन् । शिक्षाको ज्योतिले विस्तारै अन्ध`कार हराउँदै गयो । साँघुरो संसार फराकिलो बन्दै गयो । उनले अध्ययनमा मिहिनेत गरिन् । एसएलसी र प्लस टु पहिलो डिभिजनमै उत्तीर्ण भइन् ।

‘अक्षर नचिन्नुअघि जीवनमा केही गर्न सकिंदैन झैं लाग्थ्यो । दिनभर रोएर बस्थें’ उनले भनिन्, ‘तर शिक्षाको ज्योतिले मेरो संसार फेरियो । नपढेकी भए आज यहाँसम्म पुग्दिनथें । कतै भांैतारिरहेकी हुनेथिएँ ।’

शिक्षा संकायबाट उनले नेपालीमा राम्रै अंकमा डिग्री पास गरिन् । शिक्षकको राहत दरब,न्दी पाइन् । अनि शुरू भयो उनको शिक्षण–यात्रा । उनी नौ वर्षकी छँदा स्कूलबाट भ्रमणका क्रममा पोखरा पुगेकी थिइन् ।

उनलाई शुरूमा लागेको थियो– ‘पढेर पनि म केही गर्न सक्दिनँ होला ।’ पोखरा शैक्षिक भ्रमणका क्रममा उनी अमरसिंह मावि विद्यालयमा पुगिन् । त्यहाँ थुप्रै दृष्टिविहीन विद्यार्थी मात्रै हैन शिक्षक–शिक्षिकासँग भेट गर्ने मौका पाइन् । उनीहरूको कथा सुनिन् । आँखाको ज्योति गु,मे पनि कसरी शिक्षाको ज्ञान छर्न सकिंदोरहेछ भन्ने कुरा उनले प्रत्यक्ष महसूस गरिन् । ‘उहाँहरूसँग भेटेपछि मभित्र एक किमिसले केही गर्न सकिंदो रहेछ भन्ने प्रेरणा मिल्यो’, उनले भनिन् ।

त्यसपछि उनले आफैंसँग संक,ल्प गरिन्– ‘बन्छु त केवल शिक्षक नै बन्छु ।’ अन्ततः मिहिनेतको प्रतिफलस्वरुप उनले त्यो आफैंसँग गरेको संकल्प पूरा गरिन् ।

२१ वर्षयता उनी शिक्षक भएर ज्ञानको ज्योति छर्दैछन् । उनलाई के लाग्छ भने, ‘दृष्टिविहीन भएर होइन, अज्ञानताले संसार अँध्यारो हुँदोरहेछ ।’ शिक्षा आर्जन गरेपछि जीवनको बाटो आफैं उज्यालो हुँदै जाँदोरहेछ ।

अहिले करीब १२ वर्ष पुग्यो उनले शिक्षण शुरु गरेको । हाल उनी घोराही–१७ स्थित गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयमा अध्यापनरत छिन् । यसक्रममा उनले थुप्रै बालबच्चालाई शिक्षाको ज्योति छरिन् । अक्षरको बाटो हुँदै थुप्रै विद्यार्थीले उच्च शिक्षाको खुट्किला पार गरे । कति उच्च ओहदामा पुगे । कति त उनी जस्तै शिक्षकशिक्षिका पनि भइसके । उनै विद्यार्थी कहिले उनीसँग भेट्छन् । उनीप्रति आदर र प्रेम व्यक्त गर्छन् । आफ्नो सफलताको श्रेय दिन्छन् । श्रद्धाले शिर झुकाउँछन् ।

यस्तो देख्दा उनलाई एककिसिमको सन्तुष्टि मिल्छ । ‘जीवनमा मैले पाएको सबैभन्दा ठूलो उपलब्धि नै यही हो जस्तो लाग्छ’ उनको मुहारमा खुशीको भाव झल्कन्छ । अहिले पनि उनी दिनहँु थुप्रै बालबालिकालाई पढाउँछिन् । शिक्षाबाट जीवनको सत्मार्गमा उनीहरूलाई डोर्‍याउँदैछिन् । ‘शिक्षाको ज्योति विराट छ’ उनी भन्छिन्, ‘आँखाको ज्योति गु`म्दैमा संसार अँध्यारो हुँदैन । मिहिनेत र संक,ल्प गरे जीवनलाई अर्थपूर्ण बनाउन सकिन्छ ।’

***

शान्ता शर्माको पनि कथा उस्तै छ । उनी कुशल तामाङकी श्रीमती हुन् । अहिले यो दम्पती एउटै विद्यालयमा पढाउँछन् । उनले पनि विद्यालयमा अध्यापन थालेको करीब १४ वर्ष पुग्यो ।

उनको व्यथा पनि श्रीमान्सँग मिल्दोजुल्दो छ । उनी जन्मजात दृष्टिविहीन । बाल्यकालमा आफू दृष्टिविहीन भएको मेसो पाइनन् । हुर्कंदै गएपछि अ,न्धकारको बादल झन्झन् मडारिन थाल्यो । आफ्ना दिदी–दाइले जसरी स्कूल गएर पढ्न लेख्न नसक्ने भएपछि उनलाई लाग्यो म त अरू भन्दा फरक रहेछु । संसार त उज्यालो पो रहेछ । उनलाई पढ्न–लेख्न भने औधी रहर लाग्थ्यो । तर त्यो बेला दृष्टिविहीनलाई पढाउने स्कूल थिएनन् ।

‘१० वर्ष हुँदा मात्र पढ्ने रहर पूरा भयो’ उनले भनिन्, ‘धनगढीमा दृष्टिविहीनले पढ्ने विद्यालय रहेछ । त्यहाँ पुगेपछि मेरो शिक्षा आरम्भ भयो ।’

धनगढीको पञ्चु माविमा उनले पहिलो पटक अक्षर चिन्न सिकिन् । पछि पोखराको अमर माविबाट उनले एसएलसी उत्तीर्ण गरिन् । स्नातक काठमाडौंको पद्मकन्या क्याम्पसबाट गर्न पुगिन् । अध्ययन पूरा गर्नु उनका लागि सजिलो थिएन । तर यी सबै कुराको सम्भव हुनुमा एउटा कारण मान्छिन् उनी । त्यो हो, परिवार र साथीहरूको साथ–सहयोग र हौसला ।

‘दृष्टिविहीन आफैं गर्न केही सक्दैनन् । यसमा परिवार र साथी–संगीको माया र हौ,सला चाहिन्छ’ उनले भनिन्, ‘त्योसँगै आफूभित्र पनि केही गर्ने दृढ इच्छाशक्ति ।’

राहत दरबन्दीमा उनले शिक्षण यात्रा शुरू गरिन् । पढाउन थालेको १४ वर्षको अन्तरालमा उनले खुशी साट्नुपर्ने कुरा धेरै छन् । विद्यार्थीबाट असंख्य माया पाएकी छन् । विद्यालयमा उनी जस्तै दृष्टिविहीन विद्यार्थी छन् । उनका मुहारमा उनी आफ्नै बाल्यकाल देख्छिन् । ‘दृष्टिविहीन बालबालिकालाई शिक्षा मात्र होइन केही गर्न सकिन्छ भन्ने हौसला दिन्छु’, उनी भन्छिन् ।

उनले बुझेको पनि यही हो– दृष्टिविहीन हुँदैमा जीवन सकिने होइन । बरु त्यसका बावजूद पनि धेरै गर्न सकिन्छ । भन्छिन्, ‘माया, सद्भाव, प्रे,रणा पाउने  हो  भने  जीवनमा हरेक कुरा सम्भव छ । दृष्टिविहीनले पनि सार्थक जीवन बाँच्न सक्छन् ।’

***

दाङ तुलसीपुरका रामबहादुर खड्का पनि दृष्टिविहीन शिक्षक हुन् । उनी तुलसीपुरको गुरु–जजुर माविमा नेपाली, वातावरण र स्वास्थ्य विषय पढाउँछन् ।

रुकुम जिल्लामा जन्मिएका उनको पनि गाउँमै आँखा पाक्ने महामारी फैलँदा दुई वर्षको उमेरमा ज्योति गुम्यो । उनको उपचारका लागि बाबुआमाले भारतसम्म पुर्‍याए । भएको आधाउधी पैसा पनि उनको उपचारमै सकियो । तर आँखाको ज्योति फर्किएन ।

पाँच सन्तानमध्ये घरका उनी जेठा थिए । सानो छँदा उनलाई आफ्नै भाइबहिनी सरह स्कूल जान खूब रहर लाग्थ्यो । तर पढ्न–लेख्न पाएनन् ।

२०५९ सालतिर उनको परिवार बसाइ सरेर दाङको तुलसीपुरमा आइपुगे । यहाँ आएपछि उनले १३ वर्षको छँदा पहिलो पटक व्रेल लिपिबाट अक्षर चिन्न पाए । घरबाटै उनले पढ्न, लेख्न सिके । ‘१५ वर्षको हुँदा एकैपटक ५ कक्षामा भर्ना भएँ’ उनले भने, ‘पहिलो पटक म स्कूल गएको त्यही थियो ।’ कक्षामा उनी एक मात्र दृष्टिविहीन विद्यार्थी थिए ।

सबलांग विद्यार्थीबीच बसेर पढ्नु सहज थिएन, तैपनि हिम्मत हारेनन् । ‘मभित्र ज्ञानको भोक थियो’ उनले सुनाए, ‘जसरी हुन्छ, पढ्छु भन्ने संकल्प थियो ।’ उनले खूब मिहिनेत गरेर पढे । एसएलसी हुँदै उनले नेपालीमा स्नातक गरे । त्यो पनि राम्रो अंकमा ।

कुनै समय ज्ञानका लागि भौंतारिएका उनी अहिले आफैं ज्ञान बाँड्ने पेशामा छन् ।

२१ वर्षयता उनी शिक्षक भएर ज्ञानको ज्योति छर्दैछन् । उनलाई के लाग्छ भने, ‘दृष्टिविहीन भएर होइन, अज्ञानताले संसार अँध्यारो हुँदोरहेछ ।’ शिक्षा आर्जन गरेपछि जीवनको बाटो आफैं उज्यालो हुँदै जाँदोरहेछ ।

खड्का भन्छन्, ‘दृष्टिविहीन हुँदैमा रो,एर बस्ने होइन । न त निय,तिलाई दो,ष दिने हो, माया र हौसला पाए, संसार उज्जालो पार्न सकिन्छ ।’ कुनै समय जीवनको मार्ग नभेट्टाएका उनी अहिले आफंै बालबालिकालाई जीवनको सही मार्गनिर्देशन गर्दैछन् । भन्छन्, ‘जीवनमा असम्भव केही रहेनछ । त्यसका लागि मिहिनेत र इच्छाशक्ति चाहिंदो रहेछ ।’ अन्लाईन खबर बाट


Last Updated on: December 19th, 2021 at 11:40 am
६० पटक हेरिएको

तपाईको प्रतिक्रिया