सोमबार १० माघ २०७८

काठमाडौँ, ४ पुस। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नागरिकता नभएकालाई पनि मतदानमा सहभागी गर्न माग गरेका छन् । अध्यक्ष यादवले हाल निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली संकलन क्रममा नागरिकता नपाएकाहरूलाई नसेमेटको भन्दै तीव्र अस,न्तुष्टि जनाएका हुन् ।

उमेर पुगेका तर नागिरकता नपाएका व्यक्तिलाई मतदाता नामावलीमा समावेश गरी निर्वाचन प्रक्रियामा भाग लिन पाउने अधिकार दिन उनको माग छ ।आज (आइतबार) सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै भनेका छन्, ‘नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन सक्दैन ।

लाखौँ जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन । त्यसैगरी लाखौं मधेसीहरूलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन ।’

निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै अध्यक्ष यादवले नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु फरक विषय भएको दाबी गरेका छन् ।

‘निरंकुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था थिएन’, यादवले प्रश्न गरेका छन्, ‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने, यो कस्तो न्या,य हो ?’ सबै नेपाली नागरिकको नाम मतदाता नामावलीमा सामेल गरिनुपर्ने उनको माग छ । रिपोर्टर्स डेस्क बाट


Last Updated on: December 19th, 2021 at 2:32 pm
२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया