बुधबार ०५ माघ २०७८

काठमाडौं । अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आ`तंकवादी संगठनको थलो बन्नसक्ने ख`तरा औंल्याएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सार्वजनिक गरेको आतं`कवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतं`कवादी संगठनको ट्रान्जिट प्वाइन्ट वा क्रि`डास्थल बन्नसक्ने जोखिम औंल्याइएको छ ।

त्यस्तो जो`खिम हुनुमा भारतसँग खुला सिमाना भएको र मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा मापद`ण्ड र व्यवस्था अपर्याप्त हुनुलाई अमेरिकाले कारणको रूपमा उल्लेख गरेको छ ।

सन् २०१८ को प्रति`वेदनमा अमेरिकाले नेपाललाई आ`तंकवादीको उर्वर भूमिको रूपमा उल्लेख गरेको थियो । तर, अहिलेको प्रतिवेदनमा भने जो`खिम मात्र औंल्याइएको छ ।

सन् २०१५ देखि २०१८ सम्मको प्रतिवेदनमा अमेरिकाले इन्डियन मुजाहिद्दिनले नेपालसम्म क्षेत्र विस्तार गरेको र नेपाल इन्डियन मु`जाहिद्दि`नको ठूलो हब रहेको बताएको थियो । तर, यसपटक भने भारतसँगको खुला सीमा मात्र सुरक्षा जो`खिमको रूपमा रहेको भनिएको छ ।

अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको ब्यूरो अफ काउन्टर टेररिज्मले यस्तो प्रतिवेदन निकालेको हो । सन् २०२० मा नेपालमा अमेरिकावि`रोधी कुनै आ`तंकवादी गतिविधि नभएको प्रतिवेदनमा उल्लेख छ ।

आ`तंकवादलाई लिएर नेपालको आफ्नै खाले परिभाषा नरहेको भन्दै अमेरिकाले प्रतिवेदनमा मध्यपूर्वमा देखिएको आतं`कवादी गतिविधिको अ`सर नेपालमा समेत पर्न सक्ने जो`खिम औंल्याइएको छ । इमेज खबर बा,


Last Updated on: December 20th, 2021 at 8:00 am
४१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया