शनिबार ०८ माघ २०७८

लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठ`क्कर दिँदा एक छात्रको आज विहान मृ`त्यु भएको छ ।

मृ`त्युहुनेमा लालब`न्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार टियुसन पढ्न जाने क्रममा पै`दल हिडिरहेका बेला छात्रलाई ट्रकले ठ`क्कर दिएको थियो । ठ`क्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

घ`टनालगत्तै स्थानीय र विद्यार्थीकाे समूहले केहीबेर पूर्व पश्चिम लाेकमार्गमा टा`यर बा`लेर अव`रूद्ध गरेका थिए । सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएकाे प्रहरीले जनाएकाे छ । रातोपाटी बाट


Last Updated on: December 20th, 2021 at 1:38 pm
५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया