बुधबार ०५ माघ २०७८

बागलुङ । बुर्तिबाङमा बसले किच्दा एक युवक ग’म्भी’र घा’इ’ते भएका छन् ।

रुकुमको रुकुमकोटदेखि बुर्तिबाङ हुँदै काठमाडौं जाँदै गरेको ना ५ ख २३९३ नम्बरको बसले किच्दा बडिगाड गाउँपालिका–४ का ३१ वर्षीय बलबहादुर काउचा ग’म्भी’र घा’इ’ते भएका हुन् ।

काउचाको घुँडा र हातमा ग’म्भी’र चो’ट लागेको छ ।

उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजनक घनश्याम शर्माले जानकारी दिनुभयो ।

बुर्तिबाङको देवचोकदेखि बडिगाडस्थित घर जाने क्रममा बस चढ्न लागेका काउचा बसबाट खसेपछि पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताए ।

बसका चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नि’य’न्त्र’ण’मा लिएको छ ।


Last Updated on: December 20th, 2021 at 7:48 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया