शनिबार १५ माघ २०७८

काठमाडौं । कथित उपल्लो जातकी युवती विवाह गरेका हुम्ला सर्केगाड गाउँपालिका– १ जैरगाउँका युवक चन्द्र कामीलाई केटी पक्षले अ’प’ह’र’ण गरी एक सातादेखि गायब पारेको छ । गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर नि’र्घा’त कु’ट’पि’ट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले समेत पत्तो पाउन सकेको छैन ।

चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका– ४ लिप्रु गाउँकी सुन्तली मल्लसँग भागीविवाह गरेका थिए । स्थानीयहरूका अनुसार सुरुदेखि नै सुन्तलीको माइती पक्षबाट ध’म्की आएपछि अ’सु’र’क्षा’का कारण उनीहरू सर्केगाड– २ को रिप गाउँमा बस्दै आएका थिए ।

तर, पछि घरमै आएर बस्न थालेको थाहा पाएपछि बुधबार राति केटी पक्ष आ’क्र’म’ण’को योजनासहित पुगेको थियो ।सबै छिमेकीका घरमा बाहिरबाट ताला लगाएर आफ्नो घर तो’ड’फो’ड गरेको र छोरालाई नि’र्घा’त कु’ट’पि’ट गर्दै बुहारीसहित लिएर गएको चन्द्रका बाबु धनञ्जय कामीले बताए । ‘रातिमा २० जनाजतिको स’मू’ह आएको थियो ।

जैरगाउँका सबै छिमेकीका घरमा ताला लगाएर मेरो घरमा आ’क्र’म’ण गरे । ढोका, झ्याल र छतका दाँतीहरू भत्काएर भित्र छिरे । हामीलाई नबोल्न ध’म्की दिँदै छोरालाई नि’र्घा’त कु’टे । छोरा–बुहारीलाई नै घरबाट लिएर गए । कुट्दै घरबाट लगेको छोरा कहाँ, कुन अवस्थामा छ अत्तोपत्तो छैन,’ धनञ्जयले गुनासो गरे ।

घ’ट’ना’को भोलिपल्टै बिहीबार (१ पुस)मा प्रहरीमा जानकारी गराएको उनले बताए ।जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माका अनुसार घरबाट चन्द्रसँगै उठाएर लगिएकी सुन्तली भने माइतीगाउँमै भेटिएकी छिन् ।

चन्द्रको अवस्था भने अ’ज्ञा’त रहेको उनले बताए । ‘युवती गाउँमै भेटिएकी छिन्, तर युवकको अझै पत्तो लागेको छैन,’ शर्माले भने, ‘खोजी तीव्र पारिएको छ ।’’इमेजखबर


Last Updated on: December 21st, 2021 at 9:29 am
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया