शनिबार १५ माघ २०७८

५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलो`चना गरेका छन् । ओलीले आ`त्मसुरक्षाका लागि प्रतिनिधिसभा विघ`टन गर्ने प्रतिक्रा`न्तिकारी कदम चालेको र अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उनको तर्क छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले प्रतिनिधिसभा विघ`टनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमत सदस्यहरुले ओलीलाई का`र`बाही गरेको सम्झिए । ‘यदि निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने थिए ।

सूर्य चिन्ह हाम्रो भइसकेको थियो,’ उनले भने, ‘बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने थियो । ठूलो ष`ड्य`न्त्र अनुसार उनलाई बचाइएको हो ।’ ओलीले पनि हा`र स्वी`कार गरेर नयाँ पार्टी दर्ता गरेको तर, असं`वैधा`निक रुपमा निर्वाचनमा आयोगमा लगिएका मानिसहरुले उनलाई बचाइएको उनको दा`बी छ ।

ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उनको दाबी छ । संविधानको धारा ७६(५) मा ह्वी`प लाग्दैन भन्ने अदा`लतको फै`सला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘तर माधव नेपाललाई देख्यो कि कार्यक्रममै नजाने गर्नु भएको छ । यो भन्दा अराजी`तिक, अलोकता`न्त्रिक र निरंकुश चरि`त्र केही हुन्छ ?’

एमालेले अहिलेको गठब`न्धन टु`ट्छ भने कांग्रेसलाई एकलौ`टी सरकार बनाउन दिने, एमसीसी पास गर्न सहयोग गर्ने जस्ता प्रस्ताव राखेको भन्दै प्रचण्डले यो पनि प्रतिगमनका लागि वातावरण बनाउने प्रयास भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन क`मजो`र हुन नदिने विश्वा`स दि`ला`एको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, गठब`न्धनलाई अझ बलियो बनाएर निर्णायक ढंगले परा`स्त गर्ने गरी प्रस्तुत हुन्छौं ।’ अन्लाईन खबर बाट


Last Updated on: December 21st, 2021 at 10:12 am
१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया