सोमबार १० माघ २०७८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन् ।

मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरी निर्वाचित भएका हुन् ।मंगलबार सकिएको मतगणना अनुसार विनोद चौधरीले २२०६ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

त्यस्तै मधेसी आरक्षण कोटामा अन्य चार जना पनि निर्वाचित भएका छन् । अन्तिम मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् ।

उनले २५२२ मत पाएका छन् । त्यस्तै चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् । न्युज२४ बाट


Last Updated on: December 21st, 2021 at 4:03 pm
३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया