सोमबार १० माघ २०७८

कपिलवस्तु ।कपिलवस्तुमा दुवै मिर्गौला फेल हुनेहरुको संख्या बढिरहेको छ । विशेष गरी विदेश काम गरी आएका र स्वदेशकै विद्यार्थी र युवामा यस्तो सम`स्या बढी देखिने गरेको हो ।कतिपय युवा र विद्यार्थीहरु अहिले बुटवल र काठमाण्डौँमा उपचाररत छन् ।

यसै स्थितिकाबीच बाणगंगा नगरपालिका वडा नम्बर २ की २० बर्षीय युवतीको दुवै मृ`गौ`ला फे`ल भएको खबर आएको छ । बुटवल क्यानन स्कुलमा कक्षा १२ मा पढ्ने सुरक्षाको दुवै मि`र्गौला काम नगर्ने अवस्थामा पुगेको परिवारजनले बताएका छन् । झट्ट हेर्दा खा`इला´ग्दी देखिने सुरक्षा पौडेलको दुवै मृ`गौला फे`ल भएपछि परिवार अहिले तनावमा छ ।

पिता माधव पौडेल र माता पुष्पा पौडेलले छोरीको उपचारको लागि आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगको लागि अपिल समेत गर्नुभयो । मृ`गौ`ला फेर्नको लागी ठूलो रकमको आवश्यकता पर्ने भएकाले आर्थिक सहयोग गर्न उहाँहरुले सबैसामु विन्ति गरिरहनु भएको छ । वडाध्यक्ष विष्णु प्रसाद पौडेलले पनि सुरक्षालाई बचाउन सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

घरबाटै रकम जुटाउन अवस्थाले नसक्ने भन्दै बुवा माधव पौडेलले वडालाई समेत जानकारी दिएको भन्दै वडाध्यक्ष पौडेलले आर्थिक सहयोग गर्न आग्रह गर्नुभएको छ ।सहयोगको लागि साइन रेसुङ्ग बैंक जितपुर शाखाको खाता नं ०१६००७००२१२६७७०००००१ मा रकम जम्मा गर्न सकिने छ । नेपाल समाचार बाट


Last Updated on: December 22nd, 2021 at 2:07 pm
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया