बुधबार ०५ माघ २०७८

७, पुस, चितवन । लामो समयदेखि विजुलीको बिल नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन का`टिदिएको छ ।

भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको बक्यौता रकम नति`रेकोले लाइन क`टि`दिएको प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । इन्जिनियर पौडेलका अनुसार फाउण्डेशनले आठ लाख ८७ हजार रुपैयाँ ब`क्यौ`ता प्राधिकरणलाई तिर्न बाँकी छ ।

त्यस्तै म`दि`रा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ तिर्न बाँकी छ । बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन का´टि´एको इन्जिनियर पौडेलले बताए ।

विद्युत लाइन का´ट्न पुगेका प्राधिकरणका कर्मचारीहरुलाई माउन्ट एभरेस्ट ब्रुअरी उद्योग परिसरमा प्रवेश गर्न नदिई तीन जना चौकीदार लगाएर लखेट्ने प्रयास गरिएको इन्जिनियर पौडेलले बताए ।

उद्योगभित्र पसेर लाइन का`ट्न नदिएपछि उद्योगको कम्पाउण्डबाहिर नै जम्पर खोलेर लाइन का`टि`एको प्राधिकरणले जनाएको छ । अन्लाईन खबर बाट


Last Updated on: December 22nd, 2021 at 6:08 pm
३११ पटक हेरिएको

तपाईको प्रतिक्रिया