शनिबार ०८ माघ २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घो,षणा गर्नु भएको छ। मोदीले देशवासीका नाममा सम्बोधन गर्दै को’रोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामा`री भएको बताउनु भएको छ ।

महामारीको यस अ’सहज अवस्थामा सरकार गरिब जनताको साथमा रहेको प्रधानमन्त्री मोदीले बताउनुभयो । घो’षित कार्यक्रम अनुसार ८० करोड मानिसलाई हरेक महिना तो’किएको मात्रामा खानेकुरा नोभेम्बरसम्म सित्तैमा उपलब्ध गराइनेछ ।

आगामी जुन २१ देखि १८ वर्षमाथिका सबै भारतीयलाई केन्द्र सरकारले नै नि:शुल्क को’रोना भाइरस विरू`द्धको खो`प पनि उपलब्ध गराउने घो`षणा भारतीय सरकारले गरेको छ । त्यस्तै भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल सा’इन्सेज (एम्स) ले हिजो पहिलो स्वदेशी को-भि’ड-१९ वि’रूद्धको खो`प बालबालिकाको प्रयोगका लागि को’भाक्सिनको क्लिनिकल परीक्षणको शुरू गरेको छ ।

परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरू बीच सुरु गरिएको हो । को’भा’क्सिन खोपको बालबालिकामा प्रयोगका लागि क्लिनिकल परीक्षण अभियान शुरू भएको एम्सका एक अधिकारीले बताएका छन् । परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई खो`प दिन उपयुक्त मानिएमा खोप दिइने पनि ती अधिकारीले जनाएका छन् ।

भारतको औ’षधि नि’यामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा को’भाक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणहरू गर्न अनुमति प्रदान गरेको थियो ।को’भ्याक्सिन बच्चाहरूका लागि उपयुक्त छ कि छैन भनेर हेर्न भारतको पूर्वी राज्य बिहारको पटनामा रहेको एम्स अस्पतालमा बच्चाहरूमाथि यस पहिले नै परीक्षण सुरू गरिसकिएको छ ।- नेपाल समाचार बाट


Last Updated on: June 8th, 2021 at 11:16 am
४३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया