शनिबार १५ माघ २०७८

नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली काँग्रेस नेतृत्वको सरकारले बेचेको आ’रो’प लगाएका छन् ।

मेडिकल कलेज सञ्चालकसमेत रहेका उपप्रमुख प्रसाईंले नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताएका हुन् ।

काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरू रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्क समेत गरे । उपप्रमुख प्रसाईंले भने, ‘२०४६ सालपछि २०६० सालसम्म नेपाली काँग्रेसको अधिकांश समय सत्तारोहण भयो ।

त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए । तपाईंहरूलाई म यो स्मरण गराउन चाहन्छु । जब नेपाली काँग्रेसको हातमा राजनीतिक सत्ता गइसकेपछि उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरूको यो देशमा रोजगारी बन्द भयो । र हाम्रा युवाहरू विदेश पलायन हुन बा’ध्य भए । हरियो पासपोर्टको खेती मौलायो ।

डाटाले भन्छ – अहिले दैनिक ३ हजार युवाहरू विदेश जाँदैछन् वैदेशिक रोजगारीका लागि ।’उपप्रमुख प्रसाईंले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा वि’घ’ट’न गरेको दाबी समेत गरे । ओलीले संविधानसम्मत ढङ्गले प्रतिनिधिसभा वि’घ’ट’न गरेको उनको भनाई थियो ।


Last Updated on: January 3rd, 2022 at 10:00 am
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया