सोमबार १० माघ २०७८

काठमाडौं : जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विमान स्थलमा आयो जित एक कार्यक्रमबीच नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।

नेपालले जर्मन सरकारबाट ६२ वटा भेन्टि लेटर, २७ हजार ५ सय एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, एक सय गम बुट, दुई सय बडी ब्याग, पाँच वटा आइसोलेशन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पाएको हो ।

केही सामग्रीहरू अझै आउने क्रममा: रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री तामाङले राजदूत शेफरलाई नेपालको तर्फबाट धन्यवाद दिएका छन्।

युरोपेली संघको बृहत ईयू सोलिडारिटी प्याकेज अन्तर्गत आएका ती स्वास्थ्य सामाग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो । नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामाग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।


Last Updated on: June 8th, 2021 at 4:07 pm
२७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया