शनिबार ०८ माघ २०७८

नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्र`मण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड–१९ को सङ्क्र`मणपछिको जलिटलता हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्र`मणको तेस्रो र चौथो लहरमा एमआइएस–सी सङ्क्रमण देखिने बढी जनाएको छ । एमआइएस–सी भनेको सङक्र`मित बालबालिकाको मुटु, फोक्सो, मिर्गाैला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सङ्क्र`मणको पहिलो ल`हर सकिने लाग्दा नै बालबालिकामा त्यस्तो सङ्क्र´मण देखिन थालेको पुष्टि गर्नुभयो । उहाँले कोभिड–१९ वि`रुद्ध शरिरले उत्पादन गरेको रो`ग प्रति,रो,धात्मक क्षमताले शरिरमा नै हा`नी गरेपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गाैला, छाला, आँखाजस्ता अंग सुन्निने सम`स्या देखिने गरेको बताउनुभयो ।

उहाँले ती सङ्क्रमित बालबालिकाको दुईदेखि तीन हप्तामा उपचार गरेपछि निको हुने बताउनुभयो । कान्ति बाल अस्पतालका निर्देशक डा आरपि बिच्छाले पनि पहिलो लहरको ओरोलो लाग्ने वेलादेखि नै उक्त स`ङ्क्र`मणका बालबालिका देखिन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलसम्म ४१ जना बालबालिकामा यस्तो सम`स्या देखिएको छ ।

तीमध्ये ३८ बालबालिकाको उपचारपछि निको भएर घर फकिएसकेका छन् भने तीन जना अहिले कान्ति अस्पतालमा उपचाररत रहेका छन् । “नेपालमा पहिलो लहर उच्चतम विन्दुबाट तल झर्ने क्रममा पहिलो पटक बालबालिकामा एमआइएस–सी को स`ङ्क्र`मण देखिएको हो,”

उहाँले भन्नुभयो, “अहिले दोस्रो लहरको पनि ओरालो लाग्ने क्रममा केही बालबालिकामा बिरामी भएर आएका छन् ।” उहाँका अनुसार पहिलो लहरमा २३ बालबालिकामा र दोस्रो लहरमा १५ जना बालबालिकामा बिरामी भएका थिए । ती सबै बालबालिका उपचार गरी घर पठाइसकेको अस्पतालले जनाएको छ ।

यस्तो खालको स`ङ्क्र`मणको उपचारका लागि अस्पतालले मापदण्ड बनाई उपचार गरिरहेको छ । पछिल्लो पटक देखिएका १५ जना बालबालिका एक वर्षदेखि १३ वर्ष उमेर समूहका थिए । “यो रोग पनि कोभिड–१९ कै कारण देखिने सङ्क्रमण हो । यो बालबालिकामा देखिने बित्तिकै आ`त्तिहाल्नु हुन्न,” उहाँले भन्नुभयो,“ समयमा उपचार गरे सत प्रतिशत निको हुन्छ ।”

उहाँका अनुसार वेलायतमा देखिएको यो रोग एक प्रतिशत बालबालिकामा मात्र लाग्ने गर्दछ । यो सामान्यत स`ङक्र`मण भएको दुईदेखि चार हप्तापछि देखा पर्ने गर्दछ । यसका लक्षणमा आँखा रातो हुनु, सा`स फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु जस्ता देखिने गर्दछन् ।

मन्त्रालयले स`ङ्क्र`मित वा स`ङ्क्र`मितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा वा लक्षणमध्ये कुनै दुई वटा देखा परेमा अस्पताल लैजान अनुरोध गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो र चौथो लहरमा झन् बढी देखिने भएकोले बालबालिकाको उपचारमा तयारी अवस्थामा रहन

सबै अस्पताललाई निर्देशन दिइसकेको छ । मन्त्रालयको निर्देशन अनुसार सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्टाउने तयारी समेत गरिसकेका छन् । कान्ति अस्पतालका निर्देशक डा विच्छाले एमआइएस–सी को स`ङ्क्र`मण भएका बालबालिकाको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले अस्पतालमा ५६ सघन उपचार कक्ष (आइसियु), २५ हाइ डिपेडेन्सी युनिट (एचडियु) रहेका छन् । यस्तै १० आइसियु र २५ एचडियु थप्ने क्रममा रहेको छ । अहिले कोभिड–१९ सङ्क्रमित १६ बालबालिकाको उपचार अस्पतालमा भइरहेको छ । बालबालिकामा एमआइएस–सी को सं`क्रम`णबाट बिरामी तेस्रो र चौथो लहरबाट

झनै बढ्ने भएकोले नै यसअघि स्वास्थ्यमन्त्री शेरवहादुर तामाङ्ले बालबालिकाको उपचारका लागि सातै वटा प्रदेशमा आइसियू र भेन्टिलेटर सहितको अस्पताल स्थापना गर्ने बताउनु भएको छ । शुक्रराज ट्रपिकल तथा स`रुवा रो`ग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बालबालिकाको उपचारलाई लक्षित गरेर २० प्रतिशत श`य्या छुट्टाउन थालिएको बताउनुभयो ।

‘कोरोनिल किट’ तत्काल प्रयोग नगरिने

भारतको पतञ्जलि योगपीठले को`रोना भाइ`रसवि`रुद्धको रोकथाम र नियन्त्रणका लागि सरकारलाई उपलब्ध गराएको ‘कोरोनिल किट’ तत्काल प्रयोग नगर्ने भएको छ । आयुर्वेद विभागले कोभिड–१९ वि`रुद्धको उक्त वैकल्पिक चिकित्सा औषधि नेपालमा दर्ता नभएको प्रयोग नगर्ने जनाएको छ । विभागमा महानिर्देशक डा वासुदेव उपाध्यायले प्र`क्रि`या नपु¥याएर ल्याएको हुनाले अहिले तत्काल उक्त कोरोनिल

किट प्रयोग नगर्ने जानकारी दिनुभयो । “आपतकालीन औषधि प्रयोग गर्नका लागि नेपालमा प्रक्रि`या पु¥याउनु पर्दछ,” उहाँले भन्नुभयो, “तर पतञ्जलि यो`गपीठले उक्त औषधि प्रक्रि`या नपु¥याइकन ल्याएको हुनाले तत्काल प्रयोग गर्दैनौँ ।”

उहाँका अनुसार उक्त कि`टमा अनुतेल, श्वासरी ट्यावलेट र कोरोना ट्यावलेट गरी तीन प्रकारका औषधि रहेका छन् । उहाँले किटमा रहेका औषधिको अध्ययन गर्दा को`रोना भा`इर`सको रोकथाम र नियन्त्रण गर्न सक्ने रहेको बताउनुभयो । “हामीले विज्ञ राखेर औषधि के–के मिश्रणबाट बनेको भनेर अध्ययन ग¥यौँ,” उहाँले भन्नुभयो,

“अध्ययनबाट औषधिले को`रो`ना भाइ`रस रोकथाम र नियन्त्रण गर्न सहयोग गर्दछ ।” उहाँले औषधिले श्वासप्रश्वासमा फाइदा, ज्वरो र रुघाखोकी नियन्त्रण र रोगसँग लड्न क्षमता बढाउने (इम्युनिटी पावर) सक्ने बताउनुभयो । नेपालस्थित पतञ्जलि यो`गपीठले भारतबाट एक हजार ६०० को`रो`निल किट ल्याई सरकारलाई को,रोना भाइ,रस रोकथामका लागि उपलब्ध गराएको थियो ।
ताजा खबर बाट


Last Updated on: June 9th, 2021 at 10:32 pm
४९० पटक हेरिएको

तपाईको प्रतिक्रिया