बुधबार ०५ माघ २०७८

चितवन : ६० वर्षीय कृष्णबहादुर चेपाङ निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि बिहान गिट्ठा खोज्न जंगलतिर जान्छन्। बूढाबूढीको छाक गिट्ठाकै भरमा टरिरहेको छ ।

घरमा अन्न नहुँदा कालिका नगरपालिका–११ बन्दिपुरे टोलका चेपाङको दैनिकी गिट्ठा, भ्याकुर खोजेर बित्ने गरेको छ। ‘घरमा चामल छैन, माग्न जाऊँ साहुले पत्याउँदैनन्’ उनी भन्छन्, ‘गिट्ठा, भ्याकुरले छाक टार्ने हो। यो पनि धेरै खाए जिब्रो बाक्लो हुन्छ।

बाध्यताले खान परेको छ।’ यहाँका बासिन्दालाई हिजोआज गिट्ठाकै चिन्ता छ। काम गरेर कमाउन नपाएको र घरमा खानेकुरा सकिएकाले छाक टार्न उनीहरूले गिट्ठा, भ्याकुर खोज्न दिनहुँ जंगल चहार्ने गरेका छन् ।

पैसो कमाउन सहरमा गएकाहरू अहिले घरमै बसेका छन् । काम गर्न जान नपाउँदा भो’कै परिने डर पनि उनीहरुमा छ । ६ छोराछोरी सहित बसेका फुलकुमारी चेपाङ दम्पती यस्तै चि’न्तामा रहेछ। ‘पाखो बारीमा जति दुःख गरेपनि अन्न थोरै फल्छ।

६ महिना सम्म घरको खाने हो। त्यसपछि जं’गल जाने हो’ फुल कुमारी भन्छिन्, ‘मकै सक्कियो, साहुले पत्याउँदैन अनि कसो गर्ने त ?’ बन्दीपुरे टोलकै कुनराज चेपाङको बिहान–बेलुकाकै छाक गिट्ठा, भ्याकुर रहेछ। मजदुरी गरेर परिवार पाल्ने कुनराज

अहिले काम गर्न नपाएपछि जंगलमा गि’ट्ठा भ्याकुर खोज्न जान्छन्। घरमा एक वर्षको छोरा छ।अर्को अलि ठूलो छ। बच्चाबच्चीलाई पनि त्यही खुवाउनु पर्छ। अन्नपुर्ण पोस्टमा अनिल ढकालले लेख्नु भएको छ ।


Last Updated on: June 10th, 2021 at 7:54 pm
८३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया