शनिबार १५ माघ २०७८

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले रातो पासपोर्ट बिक्री का’ण्ड’मा सर्वोच्चमा मु’द्दा खेपिरहेका नारदमुनि रानालाई वनमन्त्री नियु’क्त गरेका छन्  । रानाको पासपोर्टमा अस्ट्रेलिया गएका व्यक्ति ११ वर्षदेखि उतै छन् ।

पहिलो सं’वि’धानसभामा नि’र्वाचित भएर सभासद् भएपछि पाएको रातो पासपोर्ट बिक्री गरेको अ’भि’यो’गमा रानाविरु’द्ध अ’ख्तियार दु’रु’पयो’ग अ’नुस’न्धान आयोगले विशेष अ’दा’लत र प्र’ह’रीको केन्द्रीय अ’नुस’न्धान ब्युरो (सिआइबी)ले जिल्ला अ’दा’लत काठमाडौंमा छुट्टाछुट्टै मु’द्दा दायर गरेका थिए ।

सिआइबीले ०६८ सालमा रानालाई प’क्रा’उ गरी केही दिन हि’रा’स’तमा राखेर मु’द्दा दा’यर गरेको थियो । जिल्ला अ’दा’लतले उनलाई सफाइ दिएपछि मु’द्दा सर्वोच्चमा पुगेको छ । रातो पासपोर्टमा सजिलै भिसा लाग्ने भएकाले सभासद्को पासपोर्टमा अन्य व्यक्तिको फोटो टाँसेर मानव तस्करी गर्ने गि’रोह पहिलेदेखि नै नेपालमा सक्रिय छ ।

यसरी विदेश पठाउँदा व्यक्तिबाट १४ लाखसम्मको लेनदेन भएको सिआइबीको अ’नुस’न्धा’नमा खुलेको थियो । सर्लाहीका सन्तोष उप्रेती नेतृत्वको गि’रो’हले सभासद्को रातो पासपोर्टमा मानव त’स्करी गरेको थियो । त्यसका लागि करिब चार लाख रुपैयाँ पासपोर्ट दिने सभासद्लाई उपलब्ध गराइएको थियो ।

यो गि’रो’हले ‘नेप्लिज फोरम फर ह्युमन राइट्स एन्ड पिपुल्स डेमोक्रेसी’ नामक संस्थाले सभासद्हरूलाई विदेशमा हुने गोष्ठीमा बोलाएको भनेर नक्कली नि’मन्त्र’णा’पत्र पेस गरी अस्ट्रेलिया, क्यानाडालगायतका देशबाट भिसा लिने गरेको थियो । कू’ट’नीतिक पासपोर्ट भएका व्यक्तिलाई दूतावासले पनि सहजै भिसा दिने भएकाले दु’रु’पयोग गरिएको थियो ।

अनु’स’न्धा’नपछि सिआइबीले तत्कालीन सभासद्द्वय गायत्री साह र बिपी यादवलाई ६ वैशाख ०६८ मा प’क्रा’उ गरेको थियो । अ’नु’स’न्धानको क्रममा थप दुई सभासद् शिवपुजन राय र नारदमुनि रानाले समेत रातो पासपोर्ट बिक्री गरेको पुष्टि भएको थियो ।अ’ख्ति’यारको अनु’स’न्धा’नअनुसार रानाको पासपोर्टमा म्याग्दीका निर्मल बानियाँ र शिवपुजनको पासपोर्टमा म्याग्दीकै केदार पौडेल नक्कली सभासद् बनेर विदेश उडेका थिए ।

उनीहरू अहिले पनि अस्ट्रेलियामै छन् । बानियाँ र पौडेल ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया उडेका थिए । सिआइबीले अस्ट्रेलियन प्र’ह’रीसँग सहकार्य गरे पनि उनीहरू प’क्रा’उ परेका छैनन् । उनीहरूसँगै सांसद नारदमुनि सत्तारुढ द’लको नेता भएकाले पनि प्र’ह’री’ले यसमा चासो दिएको छैन ।नयाँ पत्रिका


Last Updated on: June 11th, 2021 at 11:40 am
८०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया