बुधबार १२ माघ २०७८

काठमाडौं । निषेधाज्ञाबीच राज्यले व्यापारीको स्वा’र्थमा फसेर स्वास्थ्य प्रणली र गुणस्तरमा धावा बोलेको भन्दै नागरिक अगुवा सडकमा छन्।

नागरिक अगुवा प्रधानमन्त्री निवास बालुवाटारको सडकमा प्र’द’र्शन गर्दै गर्दा बालुबाटारभित्र बसेको चिकित्सा शिक्षा आयोग बैठकले बीएन्डसी मेडिकल कलेज सञ्चालनका लागि का’नु’नसम्मत भएको निष्कर्ष निकाल्दै सै’द्धा’न्तिक सहमति दियो । प्रक्रिया नमिलेकोमा सो मिलाउने जिम्मा आयोग कार्यालयलाई दिइएको छ ।

लेज सञ्चालनका लागि पूर्वाधार विकास गर्न बीएन्डसीले २०६९ सालमा नै आशयपत्र लिएको थियो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ दफा १३ को उपदफा ६ को ऐ’न जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिई मा’पद’ण्ड पूरा गरेका काठमाडौंबाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागू नहुने प्रावधानमा रहेर बीएन्डसीले सम्बन्धन पाउँदैछ ।

मेडिकल कलेज थप्नु राम्रो काम भए पनि गुणस्तरीय जनशक्ति उत्पादन हुन्छ कि हुँदैन भन्नेमा विज्ञहरूको चिन्ता छ । शिक्षाविद् केदारभक्त माथेमा मेडिकल कलेको संख्या वृद्धिसँगै अनुगमन र प्रभावकारितामा पनि कमि आउने बताउहुन्छ । कमजोर मेडिकल कलेजमा पढेका चिकित्सकहरू कस्ता हुन्छन् भन्ने प्रश्न उठेको उहाँको भनाइ छ । एउटा विश्वविद्यालयले पाँचवटा मेडिकल कलेजलाई सम्बन्धन दिनु पनि बढी भएको उहाँको तर्क छ ।

नेपालमा मेडिकल शिक्षा अध्ययन गर्न चाहनेमध्ये एक चौथाइले मात्र अवसर पाउने भएकाले दायरा बढाउन पनि सम्बन्धन दिनुपर्ने चिकित्सा शिक्षा आयोगका पदाधिकारी बताउँछन् । आयोगकी सदस्य डा. उषा झा, नेपालका ३२ हजारले चिकित्सा शिक्षा पढ्न चाहेको भए पनि जम्मा ८ सय मात्र सिट संख्या रहेको अवस्थामा सम्बन्धन दिएको तर्क गर्नुहुन्छ । पढ्नको लागि विदेश पठाउनुभन्दा स्वदेशमै भएका कलेजलाई सम्बन्धन दिनु नै उचित हुने उहाँको धारणा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले पनि सम्बन्धनका लागि लागि आयोगलाई दबाब दिनुभएको छ । तर, अहिले शिक्षामन्त्री समेत यो विषयमा बोल्न चाहनुहुन्न । नेपालको मे’डिकल शिक्षामा विदेशी विद्यार्थी आकर्षित गर्ने भन्दै सम्बन्धन दिने पक्षमा शिक्षा मन्त्रालयको उच्च स्रोत लागिपरेको छ ।

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई जेठ ३ गते नै काठमाडौं विश्वविद्यालयले सिफारिस गरिसकेको छ । हालसम्म ११ ओटा मेडिकल कलेजलाई सम्बन्धन दिएसकेकाले भार धान्न नसकिने कुरा विश्वविद्यालयका पदाधिकारी स्वीकार गर्छन् ।स्रोत इमेज खबर।


Last Updated on: June 13th, 2021 at 9:17 am
३८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया