बुधबार ०५ माघ २०७८

पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

‘पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ’, उनको सचिवालयले जानकारी दिएको छ ।

खनाललाई यसअघि सं’क्र’मण भएको थियो। सं’क्र’मणमुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए। उनलाई पुन: स्वास्थ्यमा स’मस्या देखिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।

४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के स’मस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।


Last Updated on: June 14th, 2021 at 12:02 pm
४६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया