बिहिबार १३ बैशाख २०८१

दुई दर्जन बढी फिल्ममा काम गरेका अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

शुक्रबार बिहान एक कार्यक्रमकाबीच अभिनेता शाहीलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता दिँदै पार्टीमा स्वागत गरेका हुन् ।

उक्त कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।

कार्यक्रममा बोल्दै अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताएका छन्

यसअघि आफू कुनैपनि पार्टीमा आवद्ध नभएको उल्लेख गर्दै अभिनेता शाहीले भनेका छन्, ‘पहिलो पटक कांग्रेससँग आबद्ध भएको हुँ । कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा कांग्रेस नै ठीक लाग्यो ।’

यसका साथै उनले धेरै अग्रज र सम्मानित कलाकारहरु कांग्रेसमा रहेका कारण पनि आफूलाई कांग्रेस मन परेको बताएका छन् । उनले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको उल्लेख गरेका छन् ।


Last Updated on: August 12th, 2022 at 6:19 pm
५१० पटक हेरिएको

तपाईको प्रतिक्रिया