शुक्रबार ०७ बैशाख २०८१

आज श्री शाके १९४४ बि.स.२०७९ माघ ७ गते शनिबार (इश्वी सन २०२३ जनवरी २१ तारिख) माघ कृष्ण पक्ष औंशी तिथी पूर्वाषाढा नक्षत्र हर्षण योग चतुष्पद करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मातंग योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु दर्शश्राद्ध निशिबार्ने स्नानदान औंशी हलो बार्ने आर्यघाटमा माधवनारायणमेला पारसी त्रिवेणी मेला ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिश्वास गरिएका व्यक्तिहरुबाट धोका हुन सक्नेछ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । मान्यजनको साथ प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतियोगितात्म गतिविधिमा सफलता पाउन मुस्किल पर्नेछ । साथीभाईसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अधिक मेहनतबाट कार्य मात्रै सफल हुनेछ । अरुको सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोग काम बन्ने योग बनेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सवारी साधनको प्रयोगमा साबधान रहनु होला । अरुका कारण अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभा सम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नजिकका व्यक्तिहरुसंग सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य यात्राकारक दिन रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य खर्च हुने योग रहेको छ । यात्रा गर्ने अवसर प्राप्त हुन सक्नेछ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिलासी सामान खरिद गर्न मन जानेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि मध्यम रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरुसंगको भेटघाटले मन हर्षित रहला । सभासम्मेलनमा सहभागि हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सभा सम्मेलनमा मान सम्मान मिल्नेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तहरुसंग दुरी बढ्न सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साथीभाईका कारण बिग्रन लागेको कार्य सफल हुनेछ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनिका निम्ती उत्तम समय रहेको छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कार्यका लागि आटँ र साहशको कमी आउन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा बढि मन जानेछ । सभा सम्मेलन जस्ता कार्यबाट मान सम्मान मिल्नेछ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ ।


Last Updated on: January 21st, 2023 at 5:23 am
३६० पटक हेरिएको

तपाईको प्रतिक्रिया