बुधबार १२ बैशाख २०८१

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही अख्तियारमा थन्किएको भ्रष्टाचारको फाइल नखोले सदन र सडकबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘कर्णालीतिर सडक बनाउनुपर्‍यो भन्दा सरकारले पैसा छैन भन्छ। तर, अर्बौँका भ्रष्टाचारको फाइलमा धुलो लागिसके कारबाही गर्दैन।

म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु भ्रष्टाचारीको फाइल अख्तियारमा धुलो लागिसके यिनलाई कारबाही गर्न कसले रोक्या छ ? जसले रोक्यो तीनको नाम सार्वजनिक गर्नुस्। होइन भने सडक र सदन दुवै ठाउँबाट आन्दोलन हुन्छ। संसद् चल्दैन।’

भ्रष्टाचारीलाई कारबाही गरेर राज्यकोषमा सम्पत्ति दाखिला गर्न माग गरे।उनले भने, ‘गरिबका लागि अलग्गै कानुन, ठुलाबडाका लागि अलग्गै कानुन। दोषी हो पत्रपत्रिकामा नाम आउँदा समेत उनीहरूलाई पक्राउ नगर्ने ? तर, नागरिकलाई चाहिँ केहि नभने पनि पक्राउ गर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ।’

भ्रष्टाचारीको फाइल खोलेर कारबाही अगाडि नबढाए सडक, सदनसहित देशभर राज्यले थेग्न नसक्ने गरी आन्दोलन गर्ने चेतावनी दिए।


Last Updated on: May 24th, 2023 at 12:45 pm
५६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया