शनिबार ०८ माघ २०७८

काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा ठूलो धनजनको क्ष`ती भएको छ । अहिले सम्म ७ श`व फेला परेका छन् । जसमध्य ६ जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुलेको छैन ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगा´एर बेपत्ता बनाएकाहरुको श`व फेला परेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले जानकारी दिए । हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प ब´गा´एपछि अ`ल`पत्र परेका ४७ जना कामदारहरु उद्धा´र गरिएको छ ।

अझै २३ जना कामदार सम्पर्क वि`हिन छन् । हेलम्बु गाउँपालिका (१ आम्बाथानमा रहेको आयोजनाको मु´हान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीहरु बाढीमा फ`सेका थिए ।

आयोजनामा फसेका ४७ जना कामदारहरुलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धा`र गरी धुलिखेल अस्पतालमा राखिएको छ । मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प ब`गा`एको थियो । केही कामदारहरु भागेर ज्यान जोगाए, कोही त्यहीँ फ`सेका थिए भने कोही अझै सम्पर्क विहिन छन् ।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माण कार्य भइरहेकाले नेपाली, चिनियाँ र भारतीय तथा आयोजनाको कर्मचारी सहित ७० जना कामदार क्याम्पमा थिए । बाढीले मेलम्ची खानेपानी आयोजनामा क्ष`ति पुगे पनि हालसम्म सुरुङ भने सुर`क्षित छ । सम्पर्क वि`हिन भएकाहरुको अवस्था अहिले सम्म थाहा छैन । ताजा खबर बाट


Last Updated on: June 16th, 2021 at 5:32 pm
७०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया