शनिबार ०८ माघ २०७८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विरो,धीहरुले सरकारको राम्रो कामको पनि विरो`ध गर्ने गरेको भन्दै आक्रो`श व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जो`खिम न्यू`नीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि बिरो`धीहरुले त्यसलाई देख्न नसकेको तर्क गरेका हुन् । उनले अहिले आएको बाढी पनि सरकारकै कारण आएजस्तै प्रचा`र गरिएको धारणा राखे ।

प्रधानमन्त्री ओलीले बाढी पी`डित जनताका लागि आवास लगायतका सबै व्यवस्था सरकारले गर्ने बताए । त्यस्तै उनले नयाँ जनमत लिन जनताको माझमा जान निर्वाचन घोषणा गरिएको तर विपक्षी दलहरू भने निर्वाचनदेखि अतालिएको बताए । संसारमा कुनै पनि राष्ट्रमा अदा,लतबाट बनेको सरकार दिगो र सफल हुन नसकेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले चूरेको वि`ना`स नभइ संरक्षण गर्न सरकारले उचित व्यवस्था गरेको तर्क गरे । चूरे विनास गर्ने सरकारको कुनै उद्देश्य नरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले खानीको मात्र उचित प्रयोग गर्ने जिकिर गरे ।

बैठकमा ओलीले बाढी प`हिरोबाट घा`इते भएकाहरूको उपचारको व्यवस्था सरकारले गर्ने, क्ष`तिको मूल्यांकन गरेर उचित रा`हतका लागि गृहमन्त्रालयले पहल गर्ने बताए । उनले उद्धार गर्दा अपाङ्गता भएका जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिलालाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

बैठकमा विपक्षी दलका नेताहरु भने सहभागी भएनन् । परिषदमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय वि`पद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्यका रूपमा रहने व्यवस्था छ । सिधा अन्लाईन पत्र बाट


Last Updated on: June 17th, 2021 at 3:25 pm
५९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया