शनिबार ०८ माघ २०७८

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठ’क्कर दिंँदा प्रहरी उपरीक्षकसहित ६ प्रहरी घा’इते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले वि’परीत दिशाबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा २ झ ३४७२ नम्बरको जीपलाई ठ’क्कर दिँंदा आज साँझ ५ः३० बजे उक्त दु’र्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घाइते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चो’ट लागेको छ ।

पाँच प्रहरीको समेत टाउको, हातलगायत अंगमा सामान्य चो’ट लागेको उहाँले जानकारी दिनुभयो । घा’इते सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ–मुग्लिन सडकको भा’सिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं २९ गाईघाटमा दु’र्घटना भएको बताउनुभयो ।

अनुगमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालयका प्रमुख र इञ्जिनीयरसमेत रहनुभएको थियो । लामिछानेले भन्नुभयो, “मेरो अगाडि एसपी सापको गाडी थियो, अकस्मात् ट्रकले ठक्कर दियो ।”

प्रहरी उपरीक्षकसहितको प्रहरीको अवस्था ख’तरामुक्त रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरुको अवस्था ख’तरामुक्त छ, अब डिस्चार्ज गरेर फर्किँदै छौंँ ।” गाडीको अगाडिको भाग भने पूर्ण क्ष’तिग्रस्त भएको लामिछानेको भनाइ छ । ठ’क्कर दिने ट्रक र चालक प्रहरीले नि’यन्त्रणमा लिएको छ । साभार: ताजा खबर


Last Updated on: June 19th, 2021 at 8:36 am
६२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया