बुधबार ०५ माघ २०७८

भारत,पाकिस्तानलाई पछि पार्दै नेपाली सेना विश्व कै तेस्रो नम्बरमा ! शुभकामना तथा बधाई  दिदै  सेयर  गरौं  संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति सेना योगदान गर्ने मुलुक हरुको वरीयतामा  नेपाल  तेस्रो  नम्बरमा उक्लिएको छ ।

चौथोमा रहेको नेपालले  योगदानमा  अफ्रिकी  मुलुक   रुवान्डालाई पछि  पार्दै  स्थान  सुधार  गरेको हो ।यूएन मिसनमा खटिने सुरक्षा फौजको सूचीमा अर्को दक्षिण एसियाली मुलुक बंग लादेश पहिलो नम्बरमा छ भने  अफ्रिकी  मुलुक  इथोपिया दोस्रोमा छ ।

यूएनबाट प्राप्त  सूचना अनुसार  नेपालको ५ हजार ६ सय ८६  सु’रक्षाकर्मी  शान्ति  स्थापनाका  लागि  खटिएर  गत वैशाख ३१ देखि तेस्रो नम्बरमा उक्लिएका सैनिक प्र’वक्ता सन्तोषबल्लभ  पौडेलले  जानकारी  दिए ।  यस्तै,  पहिलो नम्बरमा रहेको बंगलादेशले ६ हजार ६ सय २६ र दोस्रोमा रहेको  इथोपियाले  ६  हजार  १ सय १३ जना सुरक्षाकर्मी शान्ति स्थापनार्थ खटाएका छन्

नेपालपछि रुवान्डा, पाँचौं नम्बरमा नेपालको दक्षिण छिमेकी भारत र छैटौंमा पाकिस्तान छन् । रुवान्डाले ५ हजार ६४, भारतले ५ हजार ५ सय ४८ र पाकिस्तानले ४ हजार ५ सय १६ जना सुरक्षाकर्मीहरु शान्ति स्थापनाका लागि खटाएका छन् ।सैनिक प्रवक्ता पौडेलका अनुसार विश्व शान्तिको क्षेत्रमा बढी शान्ति सेना प्रदान गर्ने मुलुकमा रहनु नेपालप्रति अन्य मुलुकको विश्वास हो ।

नेपाल यूएनले चाहेको बेलामा आवश्यक सामग्रीसहित छिटो खटिन सक्छ भन्ने विश्वास पनि बढेको उनले बताए । ‘यसले गर्दा नेपालले यूएनका माथिल्लो पदमा आफ्नो दाबी प्रस्तुत गर्नको लागि सहयोग पनि गर्छ,’ उनले भने ।सेनाका अनुसार असार १ सम्म नेपाली सेना द्वन्द्वग्रस्त विभिन्न मुलुकका ४३ शान्ति मिसनमा काम गरेको छ । हालसम्म १४ मिसनमा काम गरिरहेको छ । सेनाबाट अहिलेसम्म १ लाख ३५ हजार ३ सय ४३ जनाले शान्ति सेनामा गएर काम गरेका छन् ।

नेपालले सन् १९५८ मा पहिलोपटक लेबनानमा ५ जना सुरक्षाकर्मी अब्जरभरको रूपमा पठाएर शान्ति मिसनका लागि काम गर्न थालेको थियो । त्यसपछि नेपालले पहिलो कन्टिन्जेन्ट पुरानो गोरखा बटालियनलाई सन् १८७४ मा इजिप्टमा पठाएर शान्ति सैनिकको रूपमा काम गरेको हो । यसबीचमा नेपालबाट ६ जना फोर्स कमान्डरसमेत भइरहेका छन् ।


Last Updated on: June 19th, 2021 at 3:21 pm
१०९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया