शनिबार १५ माघ २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले अब आफ्नै नेतृत्वमा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने बताएका छन्

भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको भोलिपल्ट शनिबार सभापति देउवाले आफूनिकट नेताहरुसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् ।

देउवाको भनाई तात्पर्य उनी पुनः सभापतिमा दोहोरिने चाहेका छन् । र, त्यहीँ छलफल गर्न देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका छन् ।

देउवाले शनिबार प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बूढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताए ।

उनले भने, ‘भनेकै समयमा महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । र, मेरै नेतृत्वमा कांग्रेसलाई देशको ठूलो पार्टी बनाउछु ।’

शनिबार छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ उपस्थित थिए ।
यसैगरी छलफलमा बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत पनि सहभागी थिए ।

छलफलमा देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न पनि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । साथै, सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम पनि तय गर्न उनले भनेका छन् ।


Last Updated on: June 19th, 2021 at 3:28 pm
४९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया