शनिबार ०८ माघ २०७८

संचारकर्मी रुपा सुनारलाई तल्लो जा’तको भन्दै कोठा भाडामा नदिने घरबेटीलाई प्र’हरीले प’क्रा’उ गरेको छ।

काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानलाई आज महानगरीय प्र’हरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।घरबेटी प्रधानवि’रुद्ध संचारकर्मी रुपाले ​बिहीबार महानगरीय प्र’हरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी थिइन्।

उनले आफूमाथि भएको वि’भे’द’वि’रुद्ध अधिकारकर्मी, पत्रकार र का’नून व्यावसायीको उपस्थिती र छलफल जा’तीय भे’दभाव छु’वाछुत तथा क’सुर र स’जा’य ऐन, २०६८ अनुसार प्र’हरीमा जा’हे’री दर्ता गराएकी थिइन्।प्र’हरीले घ’रबेटीलाई प’क्राउ गरेपछि रुपालाई पनि बोलाएको रुपाले जानकारी दिएकी छन्। यता रुपालाई आफ्नो घरको कोठा भाडामा

नदिएको आ’रोप लागेकी घरबेटी सरस्वती प्रधानले मुख खोलेकी छन् । उनले आफूलाई लागेको आ’रोप अ’स्वीकार गरिन् ।प्रधानका अनुसार रुपा सुनार बबरमहलस्थित उनको घरमा कोठा हेर्न आएकी थिइन् र कोठा मन पराएकी थिइन् ।

तर, आफूले भने कुनै निर्णय नदिएको उनको दा’वी छ । ‘ समाचारमा आएजस्तो कोठा भाडामा दिने क’न्फर्म गरिसकेर जा’तका कारण पछि ह’टेको भन्ने होइन,’ प्रधानले भनिन्, ‘मैले परिवारसँग सल्लाह गरेर खबर गर्छु है छोरी भनेर पठाएकी थिएँ । जा’तपातको कुरै होइन ।’उनले थपिन्, ‘मेरो पनि त सबै अधिकार छैन नि । घरमा सासुआमा, श्रीमानलाई सोध्नुपर्छ ।

एक्लै निर्णय लिन मिल्दैन ।’जा’तको कुरा आफूले नभएर रुपाले नै नि’कालेको उनले बताइन् ।‘उनले म त का’मी हुँ आन्टी, अप्ठेरो हुन्छ कि हुँदैन भनेर सोधेकी थिइन् ।मैले घरमा सल्लाह गर्छु मात्रै भनेको हुँ, दिने/नदिने केही भनेको छैन,’ प्रधानले भनिन् ।उनको थप तर्क छ, ‘कोठा हेर्न त धेरै मान्छे आइरहेका हुन्छन् । आउनेबित्तिकै दिइहाल्ने कुरा हुँदैन नि !

भोलि के, कसो पर्छ, सबै कुरा विचार गरेर दिइन्छ । आफ्नो घरको विषयमा यति निर्णय गर्ने अधिकार त हुन्छ नि होइन सर ?’२४ वर्षिया सञ्चारकर्मी रुपा सुनारले आफूलाई जा’त सोधेर द’लित भएको थाहा पाएपछि कोठा दिन इ’न्कार गरेको भन्दै प्र’हरीमा जा’हेरी दिएकी छन् ।

तीन दिनअघि उनले दिएको जा’हेरीमा ५८ वर्षिया प्रधानवि’रुद्ध जा’तीय भे’दभाव छु’वाछुत तथा क’सुर र स’जाय ऐन २०६८ अनुसार का’रवाही माग गरिएको छ ।


Last Updated on: June 20th, 2021 at 4:57 pm
१३२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया