बुधबार १२ माघ २०७८

अमेरिकाले नेपाललाई थप ५५ मिलियन डोजबाट पनि को’रोनाबिरु’द्धको भ्याक्सिन प्रदान गर्ने भएको छ । यसअगाडि जुन ३ मा २५ मिलियन डोजबाट नेपाललाई समेत भ्याक्सिन दिने घोषणा गरेको अमेरिकाले बाँकी ५५ मिलियन डो’जमा पनि नेपालका लागि भ्याक्सिन छुट्याएको हो ।

अमेरिकाले तत्कालका लागि ८० मिलियन डोज भ्याक्सिन विश्वका विभिन्न देशलाई सहायता उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकाले नेपाल लगायतका देशहरुलाई जुनभित्र भ्याक्सिन पठाउने प्र’तिबद्धता समेत जनाएको छ ।

बाइडेन प्र’शासनले आज गरेको घोषणा अनुशार ५५ मिलियन डो’ज भ्याक्सिनमध्ये ४१ मिलियन डो’ज कोभ्यासमार्फत वितरण गरिनेछ ।जसमा झण्डै १४ मिलियन ल्याटिन अमेरिका र क्यारेबीयन देशहरुलाई उपलब्ध गराइनेछ भने १६ मिलियन नेपालसहित एसियाका १८ देश र भूभागलाई प्रदान गरिनेछ ।

त्यस्तै १० मिलियन डोज अफ्रिकाका देशहरुलाई दिइनेछ ।५५ मिलियनमध्ये १४ मिलियन डोज अर्थात् २५ प्रतिशत भ्याक्सिन अमेरिकाले विभिन्न देशहरुलाई सिधै उपलब्ध गराउने भएको छ ।त्यसमा पाकिस्तान, बंगालादेश, अफगानिस्तान लगायतका मुलुकहरु समावेश गरिएपनि नेपाललाई समावेश गरिएको छैन ।

अमेरिकाले ५ सय मिलियन फाइजर भ्याक्सिन किनेर विभिन्न ९२ वटा देशहरुलाई प्रदान गर्ने समेत घोषणा गरिसकेको छ । अमेरिकाले भ्याक्सिन सहयोग रा’जनीतिक समर्थन प्राप्तीका लागि प्रयोग नगर्ने समेत घोषणा गरेको छ ।


Last Updated on: June 22nd, 2021 at 9:16 am
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया