सोमबार १० माघ २०७८

कोइराला परिवारको विरासत रहेको पार्टीका रुपमा समेत चिनिन्छ । तर पछिल्लो समय कोइराला परिवारका सदस्यहरु कार्यकारी भूमिकामा छैनन् । पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालापछि पार्टी नेतृत्वमा शेरबहादुर देउवा छन् ।

कोइरालाकी छोरी सुजाता कोइराला पनि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छिन् । पछिल्लो समय उनी क्या न्स र भएर पार्टीमा निष्क्रिय झैं देखिएकी थिइन् । तर पार्टीको १४ औं महाधिवेशनमा स्वर्गीय गिरिजाप्रसाद कोइराला बिरासत कायम राख्न भन्दै ।

उनकी छोरी सुजाता कोइरालाले पनि केन्द्रीय सभापतिमा उम्मेदवार बन्ने बताएकी छन् । पार्टी सभापतिमा महिलालाई जिताएर काँग्रेसले इतिहास रच्नुपर्ने सुजाताको भनाइ छ ।

सुजाता आफू पार्टी हाँक्न तयार रहेको बताउँछिन् । उनी नेपाली काँग्रेसमा सभापति पदमा पुगेर इतिहास बनाउन चाहन्छिन् । त्यसैले महिला नेतृत्वको पक्षमा वकालत गर्दैछिन् । नेपाली काँग्रेसले ।

आगामी भदौ १६–१९ मा महाधिवेशन हुने बताएको छ । त्यसका लागि नेपाली काँग्रेसमा करिब एक दर्जन नेताहरु सभापतिका दाबेदार देखिएका छन् । त्यसमा पनि कोइराला परिवारबाटै तीन नेता सभापतिको दौडमा देखिएका छन् ।

कोइराला परिवारका नेताहरु डा शशांक र डा शेखर कोइराला ले सभापतिमा बेग्लाबेग्लै दाबी गरिरहेका छन् । पार्टी सभापति मा कोइराला परिवारबाट एक नेतृत्व सर्वसम्मत हुन्छ कि बाँढिएर जाने हुन् त्यो हेर्न भने बाँकी नै छ ।


Last Updated on: June 22nd, 2021 at 9:08 pm
५४० पटक हेरिएको

तपाईको प्रतिक्रिया