आइतबार ०२ माघ २०७८

काठमाडौं । सर्वोच्च अदा`लतको आदेशबमोजि मंगलबारदेखि पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता छानबिन गर्न भनि अख्ति`यार दुरुपयोग अनुसन्धान आयोगमा उजु`री परेको छ ।

मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले नागरिकता छानबिन गर्न माग गर्दै अख्तियारमा उजुर हालेका हुन् ।

उपप्रधानमन्त्री भएलगत्तै ‘बहुल राष्ट्र’ को नारा अर्जाप्दै आएका महतोको उक्त अभिव्यक्तिवि`रुद्ध चौतर्फी विरो`ध पनि भए । अहिले पनि भइरहेको छ ।

त्यसो त सोमबार महतोलाई सिंहदरबार प्रवेशमा निषेध गर्नुपर्ने माग गर्दै नयाँ पार्टीले सिंहदरबारको दक्षिण गेटमा पर्चा नै टाँसेको थियो ।

त्यसको भोलिपल्ट आज (मंगलबार) दिउँसो सर्वोच्च अदा`लतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमु`क्त गरेको छ । जसमा उनी पनि परेका छन् ।

संविधानतः कामचलाउ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले मन्त्रीमण्डल पटक पटक पुनर्गठन गर्न मिल्दैन तर, प्रधानमन्त्रीले संविधानविपरीत कदम चालेछि त्यसवि`रुद्ध अदा`लतमा रि`ट परेको थियो ।

अदा`लतमा परेको रि`टबमोजिम २० जना मन्त्रीहरु मंगलबार पदमुक्त भएका छन् । यसरी अदालतको आदेशबमोजिम पदमुक्त भएलगत्तै महतोमाथि नागरिकता छानविन गर्न अख्तियार उ`जुरी परेको छ । न्युज२४ बाट


Last Updated on: June 22nd, 2021 at 10:12 pm
६८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया