बुधबार १२ माघ २०७८

वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खा’रे’जीको जो’खि’ममा पुगेका छन् ।

आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा को’रो’नाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी जो’खि’ममा परेका हुन् ।विभागका अनुसार वैदेशिक रोजगार ऐनबमोजिम दर्ता भएका कम्पनी ८५४ रहेकामा ७३१ वटा खा’रेजीको जो’खि’ममा छन् ।

हालको का’नुनी व्यवस्थाअनुसार नवीकरण गर्न दिए करिब १५ प्रतिशत कम्पनी मात्रै वै’धानिक रहनेछन् ।विभागले वैदेशिक रोजगार ऐनअनुसार आव २०७६/७७ मा एक सय र २०७७/७८ एक सय श्रमिक

पठाएको प्रमाणसहित दर्ता नवीकरणका लागि आह्वान गरेको छ तर १२३ वटा कम्पनी मात्रै पछिल्ला दुई आर्थिक वर्षमा दुईभन्दा बढी श्रमिक विदेश पठाउन सफल भएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले ऐनअनुसार कागजात पूरा गर्न नसक्ने कम्पनीको नवीकरण गर्न नसकिने बताउनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।


Last Updated on: June 24th, 2021 at 8:06 am
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया