बुधबार १२ माघ २०७८

दोहा : कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने २८१ कम्पनी का’र’बाहीमा परेका छन् । कुवेतको जनसम्पर्क र मिडिया विभागका निर्देशक र पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने २८१ वटा कम्पनी का’रबा’हीमा परेको पीएएमका प्रवक्ता असिएल अल-माजेडले बताइन् ।

प्रवक्ता अल-माजेडका अनुसार जुन १ देखि १७ तारिखसम्म ३७७ साइटहरूको निरीक्षण गर्दा २८१ कम्पनीलाई का’र’बाही र नियम उलङ्घन गर्ने ४३९ कामदारलाई पनि प’क्रा’उ गरिएको छ।

केही साइटहरूको पुन: अनुगमन गर्दा टोलीले १३५ कम्पनीहरूले मात्र निर्ण यको पालना गरेको र अन्य कम्पनीहरुले अझै नियम उलङ्घनको सुधार गर्न नसकेको अरब टाइम्सलाई उद्धृत गर्दै पीएएमकी प्रवक्ता अल-माजेडले बताइन्।नियम उलङ्घन गरेको बारेमा २२ वटा उ’जुरी इलेक्ट्रोनिक मिडिया

मार्फत प्राप्त भएको उनले बताइन् । रोजगार दाताहरुलाई कामदारहरुको सुरक्षाको ग्यारेन्टी गर्ने र कानुनी उत्तर दायित्वबाट टाढा रहन निर्णयको पालना गर्न आग्रह गर्न समेत अनुरोध गरिएको उनले बताइन् । कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा

लगाउन नपाइने निर्णय गरेको थियो ।दिउँसोको समयमा काम गर्न गराउन प्र’ति’ब’न्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन । दिउँसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोर्किङ आवर सधैँको झै बराबर गर्न सकिने बताईएको छ । कुवेतमा विभिन्न क्षेत्र मा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।


Last Updated on: June 24th, 2021 at 2:40 pm
४८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया